ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा अधिकारी नियुक्त
काठमाडौं, १७ साउन । ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा जगदिश्वरप्रसाद अधिकारी नियुक्त भएका छन् । साउन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीको दोश्रो कार्यकाल साउन १३ गतेबाट सुरु भएको छ । उनले आगामी चार बर्षसम्म कम्पनीको विज्ञ सञ्चालकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले विज्ञ सञ्चालकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।
बुम रेमिट्यान्सको एजेन्टमा ओम, इन्नोभेटिभ र जनउत्थान नियुक्त
काठमाडौं, १६ साउन । बुम रेमिट्यान्स प्रा.लीले ओम डेभलपमेन्ट बैंक लि, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बूम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम तिनाउ बिकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । बूम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडै नै मलेसीया, कोरीया, जापान, अस्ट्रेलिया, युरोपबाट समेत कारोवार सुरु गर्ने छ । उक्त सम्झौतामा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले, इन्नोभेटिभ डेभलपमेन्ट बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवणि कुमार दाहालले र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशक जैसावाल
काठमाडौं, १६ साउन । शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशकमा सञ्जुप्रसाद जैसावाल नियुक्त भएका छन् । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जैसावाललाई बैंकको निमित्त कार्यकारी निर्द्देशकमा नियुक्त गरेको हो । बैठकका अनुसार जैसावालले साउन १६ गतेबाट कम्पनीको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । यस अघि उनले विकास बैंकको व्यवस्थापन प्रमुखको रुपमा काम गरेका थिए । यसअघि बैंकको कार्यकारी निर्देशकको जिम्मेवारी दक्क्षप्रसाद श्रेष्ठले समालेका थिए । सो बैठकले श्रेष्ठको राजीनामा दिने निर्णयको स्वीकृति गरेपछि बैंकले जैसावाललाई नियुक्त गरेको हो ।