अविरल वर्षासँगैको बाढीले उपत्यका जलमग्न (केही तस्बिर)
काठमाडौं । मंगलबार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् । नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गर्मी छ, छाता छोड्नुहुन्न (फोटोफिचर)
काठमाडौं । देशभर वर्षासँगै गर्मी पनि बढिरहेको छ । पानी पर्न छाडेपछि लागेको घाम तेजिलो छ । छाला पोल्ने खालको छ । नेपालमा गर्मी र तातो महशुस गराउने घाम असोजको मध्यसम्म लाग्ने गरेको छ । यो जलवायु परिवर्तनको असरले गर्दा हो भन्ने विश्लेषण छ । गर्मीमा स्वास्थ्यलाई ध्यान दिन जरुरी छ । घामको उष्म किरण छेक्न छाता ओढ्नुको विकल्प छैन । घाम छेक्न छाता ओढेर आफ्नो गन्तव्यतिर हिँडिरहेका सर्वसाधारणहरुलाई हामीले तस्बिरमा कैद गरेका छौं ।
अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (तस्बिरहरू)
काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक भत्काएर फुटपाथ बिस्तार गरेसँगै अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ । फुटपाथ बिस्तारका क्रममा काठमाडौं महानगरपालिको मुल सडक छेउमा गर्दै आएका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरूमा परेको छ । जसकारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन् । अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरू मासिने खतरामा छन् । सांस्कृतिक धरोहरहरूको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ । पार्किङ गरिएका सवारीसाधनले सांस्कृतिक सम्पदाहरुको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ । काठमाडौंको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरू मासिने निश्चित छ । त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ । महानगरले फुटपाथ बिस्तार गरेसँगै स्थानीयहरुले बिरोध गरेका थिए । सबै वडाका अध्यक्षहरूले फुटपाथ बिस्तारविरुद्ध विरोध जनाएका थिए भने स्थानीयहरूले पनि अध्यक्षहरूलाई साथ दिएका थिए । यता महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भने नगर प्रहरी परिचालन गरेरै फुटपाथ बिस्तारको काम सुरु गर्न थालेपछि आन्दोलन चर्किएको थियो । महानगरपालिका र वडा नम्बर २२ अध्यक्ष चिनकाजी श्रेष्ठबीच केही समय फुटपाथ बिस्तार गर्न रोक्ने सहमतिसँगै अहिले न्युरोड शान्त छ । तर, अव्यवस्थित पार्किङको समस्या बढेको छ ।