‘प्रधान सेनापति ट्रफी २०८०’ को कार्यक्रममा मार्चपास गर्दै प्रतिनिधिहरु

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित ‘प्रधान सेनापति ट्रफी २०८०’ को बिहीबार उद्घाटन कार्यक्रममा मार्चपास गर्दै नेपाली सेनाका विभिन्न पृतना तथा गणबाट सहभागी प्रतिनिधिहरु । तस्वीर : रासस  

बझाङमा भूकम्प : ठूलो भौतिक क्षति, चोट-पटक लागेका तस्वीर सार्वजनिक (फोटोफिचर)

काठमाडौं । सुदूरपश्चिममा भूकम्पका कारण भौतिक संरचनासहित मानवीय क्षति पुगेको छ । बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन् भने ठाउँठाउँमा पहिरो समेत गएका छन् । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यस्तै, ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का काठमाडौं लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । तस्वीर : सामाजिक सञ्जाल    

थिति बिग्रिएका सडक (फोटोफिचर)

काठमाडौं । सडककै कारण सधैँ जनताले शास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ । केन्द्रिय राजधानी काठमाडौंको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो मननयोग्य र विचरणीय छ । काठमाडौं उपत्यकाकै सडक थितिमा छैनन् भने अन्य ठाउँको सडकको स्थिति कस्तो होला ? यो कल्पना गरेमात्रै पनि पुग्छ । काठमाडौंका यी सडकहरु मृत्युमार्ग हुन् भन्दा फरक नपर्ला । यो सडक बिग्रिएको मात्र होइन, यो त सोच र योजना बिग्रिएको जस्तो देखन्छि । पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धी यी तस्बिरहरु ।