एसबिआई बैंकद्धारा एसएलसी उत्कृष्ट विद्यार्थीलाई तीन लाख बढीको सहयोग
काठमाडौं, ५ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले नन्दी माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरुलाई तीन लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका २०७१/२०७२ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने १५/१५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सो विद्यालयका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने उदेश्यले सो छात्रवृत्ति प्रदान गरेको बताएको छ । बैंकले सो विद्यालयका एसएलसी उतीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई विगत ७ वर्षदेखि लगातार छात्रबृत्ति प्रदान गर्दै आएको छ । बैंकको यो सानो सहयोगले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केही हदसम्म हौसला मिल्ने बैंकको आशा रहेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृत शुभकान्त कनुङ्गो तथा प्रमुख वित्तिय अधिकृत प्रिय रंजनद्धारा उत्कृष्ट ३० विद्यार्थीहरुलाई छात्रबृत्तिको रकम स्वरुप जनही ११ हजार रुपैयाँको छात्रबृत्ति चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालय परिवारको उपस्थितिमा वितरण गरेका छन् । हाल सम्म बैंकले देशभर रहेका आफ्ना ७३ कार्यालय र ८६ एटिएमहरु मार्फत समुदायको उन्नति तथा विकासको लागि योगदान पु¥याउँदै आएको बताएको छ ।
सुमेरु सेभिङ्गको १८औं वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, ५ साउन । ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ । सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं सुमेरुको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो । लायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जम्मा ५ सय ३९ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रम “सुमेरुको सामाजिक अभियान गरौं रक्तदान गरौं जीवन दान” भन्ने नाराका साथ सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालयका पदाधिकारीहरुको उल्लेख उपस्थितीे रहेको थियो ।
एनबी इन्स्योरेन्सको शाखा गोंगबुमा पनि
काठमाडौं, ५ साउन । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं शाखा काठमाडौंको गोंगबुमा खोलेको छ । बुधबार बैंकका संचालक समितिका सदस्य योगेश्वर शर्मा ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । कम्पनीका अनुसार निकट भविष्यमा कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराएको छ । त्यस्तै, कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठले कम्पनीले आ.ब. २०७२/०७३ मा करिब २६ हजार बीमा लेखबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन का साथै करिब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका छन् । हालसम्म कम्पनीले १३ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ७ वटा सेवा काउन्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।