काठमाडौंमा आइपुगे साझाका नयाँ बसहरु
काठमाडौं, ३ असोज । साझा यातायातको नयाँ बसहरु आज काठमाडौंमा आइपुगेको छ । बस सोमबार काठमाडौँमा आइपुगे पनि दसैँअघि भने सञ्चालन नहुने भएको छ । कामु निर्देशक पाण्डेका अनुसार बस आएपछि, प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापन लगायतको काम गर्नुपर्ने भएकाले दसैँअघि नै बस सञ्चालन गर्न नसक्ने बताएका हुन् । पछिल्लो समय साझा यातायातले २०७० बैशाखबाट उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको छ । अहिले ल्याउने लागिएको बससँगै काठमाडौँ उपत्यकामा साझाका ४६ वटा बस सञ्चालनमा रहनेछ । पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ । पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पुर्याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्पकमल दाहालले साझाको सेवा विविधीकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन समेत दिएका थिए । काठमाडौं उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा १० करोड रुपैयाँ लगानी गरेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रासस
अशोक लेलैण्डले जित्यो बेष्ट इण्डियन ब्राण्ड्स २०१६ अवार्ड
काठमाडौं, ३ असोज । भारतको प्रसिद्ध मोटर निर्माता कम्पनी अशोक लेलैण्डले बेष्ट इण्डियन ब्राण्ड्स २०१६ को अवार्ड जितेको छ । अशोक लेलैण्डले गत बर्ष भारतीय बजारमा ३९ प्रतिशतले वृद्धि गरेको छ । कमर्सियल भेहिकल अन्तर्गत स्कुल बस सेग्मेंटमा अव्वल रहेको सनसाइन बसको भारतीय बजारमा प्रवेशले उपभोक्तालाई ठुलो राहत दिएको कम्पनीले जनाएको छ । अशोक लेलैंडले दुबईमा र सअलखैमा एक करोड अमेरिकी डलरमा नयाँ प्लान्ट स्थापना गरिसकेको छ । अशोक लेलैण्ड इण्डियामा निर्मित ब्राण्ड हो । अशोक लेलैण्डका कर्मशियल गाडीहरुको युएसपी भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेकोे कम्पनीको ेदावी छ । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, ट्रिपर र लाइट भेहिकलहरु बिक्रि गरिरहेको छ ।
हकर बाल क्लबका विधार्थीलाई आईएमईको प्रोत्सान
काठमाडौं, ३१ भदौ । आईएमई लिमिटेडले बाल दिवस २०७३ को अवसरमा बालमन्दिर अन्तर्गत हकर क्लबका अनुशासित विधार्थी सौरभ खानलाई ५००० रुपैयाँको चेक सहित प्रोत्सान गरेको छ । बृहस्पती विद्या सदनको प्राङ्गणमा बुधबार आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल सरकारका उधोग मन्त्री नमिन्द्र राज जोशी र आईएमई लिमिटेड अन्तर्गत एडुपे परियोजना प्रमुख माधव कटुवालले उक्त चेक सामुहिक रुपमा हस्तान्तरण गरेका थिए ।