स्टाण्डर्ड चाटर्ड बैंकले पायो एशिया बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१६
काठमाडौं, २४ साउन । स्टाण्डर्ड चाटर्ड बैंक नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६को उपाधि जितेको छ । प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धि रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । उक्त टोलीमा ७ वर्षको रिसर्च अनुभव भएका इतिहास र व्यवस्थापन विषयहरुका पोष्ट ग्राजुएटहरु सामेल थिए । विजेताहरुको छनोटमा विशिष्ठ शिकाई तथा विकास प्रयास, कर्मचारी नियुक्तीमा अपनाईएको यूनिकनेश सञ्चारमा, तालिम तथा प्रशिक्षण अभ्यास, निरन्तर सिर्जनशिलताका आधारमा गरिएको थियो । इम्प्लोयर ब्राण्डिङ इन्टिच्यूट) र अन्य कुटनीतिक साझेदारद्धारा आयोजित उक्त कार्यक्रमलाई एशिया कन्फेडेरेशन अफ विजनेशद्धारा प्रायोजित गरिएको थियो । कार्यक्रममा २०१६ अगष्ट ४ गते सिंगापुरमा आयोजना गरिएको थियो । स्टान्डर्ड चार्टर्ड नेपालबैंकका तर्फबाट एचआर प्रमुख विना राणाले उक्त पुरस्कार ग्रहण गरेकी छिन् । स्टाण्डर्ड चाटर्ड बैंक नेपालल यस वर्ष ग्लोवल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल बैंक पुरस्कार २०१६, उत्कृष्ठ वर्ष २०१६ को युरोमनी पुरस्कार समेत जितेको थियो ।
प्राइम कमर्सियल बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं, २१ साउन । वल्ड्र कन्फिडिरेशन अफ बिजनेसले प्राइम कमर्सियल बैकलाई “द बिज २०१६”, बिनजेश एक्सिलेन्स् अवार्ड प्रदान गरेको छ । अमेरिका स्थित ह्यूस्टन, टेक्सासमा आयोजित एक समारोहबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई बिनजेश एक्सिलेन्स् अवार्ड २०१६ प्रदान गरिएको हो । बिज अवार्ड उद्योग र व्यापार क्षेत्रमा प्रदान गरिने संसारको सबैभन्दा महत्वपूर्ण मध्येको एक हो । २००४ मा वल्ड्र कन्फडरेशन अफ बिजनेशले “द बिज अवार्ड” स्थापना गरी विश्व व्यापार, स्थानीय समुदायको उत्थान र विकास, स्थानीय अर्थतन्त्रको वृद्धि र विश्व अर्थ व्यवस्थामा पु¥याएको योगदानलाई ध्यानमा राखी विभिन्न क्षेत्रका संघ संस्था तथा अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । सो समारोहमा यस बैंकका संचालक समितिका सदस्य श्यामबहादुर श्रेष्ठ , उत्तमनारायण श्रेष्ठ , उदयमोहन श्रेष्ठ र दिनेश श्रेष्ठको समेत उपस्थित थियो ।
रुस्लानद्वारा नेदरल्याण्ड जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई विदाई
काठमाडौं, २१ साउन । रुस्लान क्रिकेटका ब्राण्ड एम्बेसेडरहरुलाई रुस्लान क्रिकेटका कार्यकारी निर्देशक राजबहादुर शाहले आधिकारिकरुपमा विदाई गरेका छन् । शाहले नेदरल्याण्ड जाँदै गरेको नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहेका ती खेलाडीलाई जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजको आफिसमा आयोजित एक कार्यक्रमकाबीच बिदाई गरेका हुन् । सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, अन्य खेलाडीहरु शरद भेष्वाकर, बिनोद भण्डारी र बसन्त रेग्मी उपस्थित थिए । कार्यक्रममा बोल्दै रुस्लानका ब्राण्ड एम्बेसेडर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालमा क्रिकेट विकासमा रुस्लानले पु¥याएको सहायता एवम् समर्थनका लागि धन्यवाद दिएका थिए । विश्व क्रिकेट लिग च्याम्पियनशीपका लागि यही अगष्ट महिनाको १३ र १५ तारिखका दिन नेदरल्याण्डसँग हुने प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोली यहि शनिबार नेदरल्याण्ड जाँदै छ । स्कटल्याण्ड, पपुवा न्यूगिनी र नामिबियासँगको खेलपछि नेपाली टोली चौंथो चरणमा नेदरल्याण्डसँग भिड्न लागेको हो । यस अवसरमा रुस्लान क्रिकेट नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिन चाहन्छ ।