सिटिजन्स बैंकले ७५ करोड बोनसका साथै ३ करोड नगद लाभांश दिने, ८ अर्व पूँजी पुर्याउन २५ प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं, १६ असोज । सिटिजन्स इन्टरनेसनल बैंकले आर्थिक वर्ष ७२/७३ को नाफाबाट सेयरधनीलाई ७५ करोड ६ लाख ७५ हजार ७६२ रुपैयाँ बोनस दिने भएको छ । साथै, कर प्रयोजनको लागि ३ करोड ९५ लाख ९ हजार २५१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने बैंकको निर्णय पारित भएको छ । उक्त निर्णय आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको छ । सो मात्रामा बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्व ७५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्व रुपैयाँ पुर्याउने उद्देश्य अनुरुप बैंकले आफनो पूँजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र १०:२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्ष शंकर प्रसाद शर्माका अनुसार बैंकले आर्थिक वर्ष २०७२।७३ मा थप ११ अर्व ६१ करोड रुपैयाँ निक्षेप परिचालन गरी कूल निक्षेप ४७ अर्व ३९ करोड रुपैयाँ परिचालन गरेको छ । साथै कर्जा लगानी तर्फ बैंकले ११ अर्व ३६ करोड रुपैयाँ वृद्धि गरी कुल ४० अर्व ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै सोही आ.व.मा बैंकको संचालन मुनाफामा ४२.४५ प्रतिशत र खुद मुनाफामा ४९.९९ प्रतिशत वृद्धि भई क्रमश १ अर्व ५६ करोड रुपैयाँ तथा १ अर्व ८ करोड रुपैयाँ आर्जन गरेकोे बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सभाबाट समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न गरिएको निर्वाचनमा मनोहरदास मूल निर्विरोध निर्वाचित भएका छन् ।
सिद्धार्थ डेभलपमेण्ट बैंकको तिनकुने शाखा ललितपुरमा स्थानान्तरण
काठमाडौं, १६ असोज । सिद्धार्थ डेभलपमेण्ट बैंकको काठमाडौंको तिनकुनेमा स्थित शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका छन् । एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसंग मर्जर पश्चात साविक नेपाल आवास फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय भएको सुविधानगर शाखा कुमारीपाटीमा स्थानान्तरण भएको हो । बैंकका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त समारोहमा डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार तथा वित्तीय स्थायीत्व कायम गर्न केन्द्रित रहेको बताउदै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तोकेकै समय सीमा भित्रै चुक्ता पूँजी पुर्याउन आग्रह गरेका छन् । साथै उनले बैंक तथा बित्तीय संस्थालाई संस्थागत सुशासनमा ध्यान पुर्याउन र गाउं केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । बैंकको असार मसान्तसम्म १२ अर्ब ३२ करोड रुपैयाँ निक्षेप, १० अर्ब ५८ करोड रुपैयाँ कर्जा तथा१ अर्व १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सो अवधिसम्म बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्ना शेयरधनीहरुलाई २४ बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले ३३ शाखा कार्यालय मार्फत १ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
धर्तिको स्वर्ग रारा, स्थलमार्गबाटै रारासम्म (फोटोफिचर)
कर्णाली अञ्चल अन्तर्गतको मुुगुसम्म गाडी दौडन्छ भन्ने कमैलाई थाहा छ । सडक यातायातले मुगु सदरमुकाम गमगढीलाई छोएको पनि जम्मा तीन वर्ष भएको छ । काठमाडौंबाटै सडक यातायातको प्रयोग गर्दै रारा जाने विषयले मन निकै हौसाएको पनि थियो । रारा ताल सोसाइट अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँग आवद्ध व्यवसायीकको टोलीसँगको असोज पहिलो साता पर्यटन व्यवासायी, राजनीतिक दलका प्रतिनिधी र पत्रकारसहितको टोलीले काठमाडौंबाटै रारासम्मको यात्रा पनि तय गर्यो । बाँकेको गाभरभ्याली होमस्टेमा पुगेपछि टोलीका सबै साथिहरूमा नयाँ उत्साह नै आएको थियो । गाभर भ्यालीमा जम्मा तीन वटा घरमा रहेका होमस्टे मध्ये एउटा घर रारा किनारबाट नै विस्थापित भएर आएको थापा परिवारको थियो । पर्यटन प्रबर्दनको अन्तरक्रियाका सहभागि सरकारले २०३२ सालमा रारा निकुन्ज घोषणा गरेपछि विस्थापित यो परिवार गाभरभ्यालीमा आएकको थियो । त्यहाँको एक रातको बसाईपछि हाम्रो टोलीकै एक सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राराबाट विस्थापितकै घरमा वास वस्ने मौका मिलेकोले रारा जाने टुरको स्लोगान नै रारा बासदेखि रारासम्म बनाए । उनले यात्राभरीको अन्तक्रियामा यो नारालाई परिचित नै गराए । यात्रा राराकै भएकोले काठमाडौंबाट हिडेको पाँचौ दिन नै रारा पुगियो । मुगुको रारा गाउँ विकास समितिमा रहेको अनुपम प्राकृतिक सम्पदा राराताल समुद्र सतहबाट २ हजार ९९० मिटर उचाइमा रहेको छ । नेपालगन्जको गाभरभ्यालीमा आफ्नो घर सफा गर्दै एक वालिका पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको रारा क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो ताल हो । रारा करीब ११ वर्गलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा वरिपरि घुम्न तथा तालको सौन्दर्य अवलोकन गर्नका लागि करिब पाँच घन्टा पैदल यात्रा गर्नुपर्छ । सडक यातायातबाट थाकेर पुगेका टोली होस वा जुम्ला, गमगढी वा सीधै हवाई माार्गबाट ताल्चा पुगेर जाने टोली हुन रारा हेर्न हौसिएर उकालो लागेपनि शरीर निकै शिथिल हुँदो रहेछ । कालिकोट जुम्ला राजमार्गको गल्लाघाटमा खोलामा सवारी बिग्रिएपछि बाटो खुल्ने प्रतिक्षमा रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ । नजीबाट हेर्दा पोखरी, अलि परबाट हेर्दा ताल तथा अलि माथि डाँडामा जाँदा देखिने कुण्ड कचौरा आकारमा रहेको छ । रारा नजिकै मचानमा बसेर राराको पानीलाई एकनासले नियाल्ने हो भने मचान आफैं चलामान भएको जस्तो अनुभूति दिलाउँछन् । रारामा नै एकनासले हेरिरहने हो भने पानीको बहावका कारण आफैं डुङ्गामा बसेर यात्रा तय गरेको जस्तै अनुभूति राराले दिन्छ । राराले बेला बेलामा फरिहनले सूर्यको प्रकाश अनुसारको फरक रुप, हावाको बहाव, कञ्चन पानी, आँखामा देखिने निलो दह हेरिरहुँजस्तो, वरीपरि घुमिरहुँ जस्तो लाग्छ । कालिकोट जुम्ला सडकमार्ग रारा पुगेपछि सुरु भएका मोवाइल तथा क्यामेरा बन्द नै नगरुजस्तो लागे र जति तस्बिर लिएपनि अझै लिन मन लाग्ने आकर्षण रारामा पाइन्छ । धकान बिर्सिएर रारासँग रमाउँदा रारा साँच्चै धर्तिकै स्वर्ग हो । आन्ददायी वातावरण हुने, कुनै चिन्ता र मोह नहुने स्थानसँग तुलना गर्दा रारा पनि अग्रंक्ति मै आउँछ । त्यसैले त २०२० सालमा महेन्द्र शाह अर्थात मवीवी शाहले राराकी अप्सरा कविता लेखेका थिए । त्यही रारा अहिले शव्दमा वयान गर्दा धर्तिको स्वर्ग हुन पुगेको छ । सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ । यहाँ विभिन्न पर्यटकीय विशेषता छन् । बिहान सूर्य उदाउँदा ऐनाझैं टलटल टल्किनु, मध्याह्नमा मन्द मुस्कानसँगै हावामा कावा खेल्नु, साँझपख उत्ताउलिनु, आकाशमा बादल लाग्दा बादल पौडिएर रुप परिवर्तन हुनु राराको विशेषता पनि हो । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको रारामा विश्वमै दुर्लभ एवम् उत्कृष्ट जातको असला माछा पाइन्छ । मौसम अनुसार साइबेरियालगायतका स्थानबाट आउने चराको चिरबिर, स्थल तथा जल वनस्पति, रंगीविरंगी फूलले ढकमक्क मैदान, वरिपरि होचा हरियाली तथा सुन्दर पहाडले घेरिएको भव्य जलमग्न उपत्यका, रोचक ऐतिहासिक तथ्य, स्वच्छ हावापानी राराका विशेषता हुन् । रारामा पुगेको आन्तरिक पर्यटकको टोली अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा पुगेर मन्त्रमुग्ध नहुने स्वदेशी तथा विदेशी पर्यटक सायद को भेट्टाउन मुस्किल छ । पश्चिम एसियाको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित पर्यटकीय सम्पदाको तुलनामा सबैभन्दा सुन्दर मानिने ताल नै रारा हो । नेपालका तथा अन्य देशको तालको महत्व आफ्नै स्थानमा रहने भएपनि राराको तुलनामा भने यसको आकर्षणलाई भने अन्य अग्लो स्थानको कुनै पनि क्षेत्रले भेट्टाउन सक्दैन । राराताल अनुपम प्राकृतिक सम्पदा रारामा हवाई र स्थलमार्ग प्रयोग गरी पुग्न सकिन्छ । काठमाडौँबाट नेपालगन्ज करिब ५६ मिनेट र नेपालगन्जबाट ताल्चा (रारा) विमानस्थल ४५ मिनेट वा सुर्खेतबाट ताल्चा (रारा) विमानस्थल ३५ मिनेटमा पुगिन्छ । स्थलमार्ग हुँदै रारा पुग्न कामठाडौ नेपालगन्जहुँदै सुर्खेत, कालिकोट, जुम्ला–सिंजा हुँदैरारा पुग्न सकिन्छ । साना गाडी तथा जीपको प्रयोग रारा जाने उपयुक्त सवारी साधान पनि हो । बाजुरा (कोल्टी) बाट दुई दिनको पैदल यात्रबाट पनि पुग्न सकिन्छ । रारा जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण–पश्चिमतर्फ करिब तीन घन्टा र मुगुको एकमात्र विमानस्थल ताल्चाबाट करिब साढे एक घन्टाको पैदल यात्रा गर्नुपर्छ । रारातालछेउमा रहेको महादेवको मन्दिर रारा नजिकको पुग्नैपर्ने पर्यटकीय ठाउँ मुर्माटप पनि एक हो । राराबाट करिब दुई घन्टाको पैदल यात्रापश्चात् मुर्माटपमा पुग्न सकिन्छ । मुर्माटपबाट राराको पूरै दृश्यावलोकन हुनुका साथै अपी–सैपाल, कान्जिरोवा, सिस्ने, छायाँनाथ, बडिमालिकालगायतका पर्यटकीय स्थलको दृश्यावलोकनबाट पाइने आनन्दा बेग्लै छ । पछिल्लो समय बढ्दै गएको राराप्रतिको आम नेपालीको मोहलाई पूरा गर्न स्थालमार्ग सहज भएको छ । हवाई मार्गबाट पनि रारा पुग्न सहज भएको छ । तर, राराको संरक्षण र यसको महत्व उजागर गरेर व्यवस्थित पर्यटनको विकास भने आजको आवश्यकता हो । रारा प्याकेज बनाएर पर्यटक लैजान व्यवसायी आफैं सक्रिय छन् । राराताल स्थालमार्गको प्रयोगबाट पनि एक साताको पर्यटकीय प्याकेज ३० हजार रुपैयाँमा नै तय भएको छ । व्यवसायीले नयाँ गन्तव्य प्रवद्र्धन गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि थालेका छन् । अनुपत प्राकृतिक सुन्दरताकै कारण स्वर्ग जस्तै भनेर तुलना गरिने राराको प्राकृतिकपनको आनन्द भने धर्तिको सबैभन्दा अनुपत स्थान हुनसक्छ । राराताल रारा पुग्ने हरेकजसो स्वदेशी तथा विदेशी पर्यटकको बुझाईमा राराको प्राकृतिक सौन्दर्यलाई अतुलीय बनाउँनै कुनै नै कुनै आन्दपूर्णको उपमा दिएरै फर्कने गरेका पाइन्छ । रारा ताल रारालाई सधैँसुन्दर राख्नसकै लागि र उत्कृष्ट प्राकिृतिक गन्तव्य बनाउँनकै लागि पनि रारा प्रकृतिको सुन्दर उपहार हो । प्रकृतिको बरदान हो ।