बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन आइतबारदेखि सुरु
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कूल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा आइतबारदेखि नियमित मञ्चन सुरु भएको हो । रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘करेसा कन्सर्ट’ यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भारतमा विश्व प्रिमियिर गरिएको थियो । साथै माघ २३ गते राष्ट्रिय बालनाटक महोत्सव नेपालमा पनि मञ्चन भएको थियो । ३ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष लक्षित गरेर तयार पारिएको नाटकमा अभिनय पनि बालबालिकाले नै गरेको छ । यसर्थ निर्देशक केदार श्रेष्ठका अनुसार नाटक ‘करेसा कन्सर्ट’ विशुद्ध बालनाटक हो साथै बाल सहभागितामूलक नाटक पनि हो । नाटकमा नसना महर्जन (खुर्सानी र साग), सविना सेन (प्याज र लौका), ओसिन राई (धनियाँ), लकस महर्जन (फर्सी), सुधा खनाल (तीतेकरेला), आशियाना रायमाझी (गोलभेडा), कविना रोक्का (मुला), विजया पाण्डे (काँक्रो), सुजाता भट्ट (लसुन) र मञ्जु महर्जन (अदुवा) ले अभिनय गरेका छन् । करेसाबारीमा भएका तरकारीनज्य पात्रहरु फर्सी, साथ, लसुन, गोलभेडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी, अदुवा आदिमार्फत कथा बुनिएको छ । यी पात्रहरुको मपाईत्वले निम्त्याएको वैमनस्यता र झैझडाबाट सुरु हुने कथा मेलमिलाप र सदभावमा पुगेर टुंगिन्छ । हरेक तरकारीबीच अस्वस्थ प्रतिस्पर्धा, घोचपेचबाट करेसाबारीमा सामाजिक समस्या उत्पन्न भएपछि करेसाबारीका मुखिया फर्सीले करेसाबारीमा एक कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्ने जुक्ति निकाल्छन् । उनले एक परिचयात्मक कार्यक्रम गर्दै सबैलाई आफ्नै बारेमा जतिसक्दो बढी कुरा भन्न र आफ्नै गुनगान गाउन लगाउँछन् । त्यस कार्यक्रममा सबैले आफ्नो बारेमा विभिन्न प्रस्तुतिसहित आफ्नो महत्व र विशेषताबारे बोल्छन् । कार्यक्रम सकिदासम्म सबैले सबैको अस्तित्व बोध गर्दै करेसाबारीमा सबैको उत्तिकै भूमिका र महत्व भएको निश्कर्ष निकाल्छन् र खुशी हुन्छन् । नाटक ‘करेसा कन्सर्ट’बारे निर्देशकका कुरा नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारीहरुले आफ्नो महत्व र विशेषताहरुबारे चर्चा त गर्छ नै । त्यसका साथै ती तरकारी पात्रहरुमार्फत नेपाली समाजको बेमेल, रुढी, भेलभाव, वैमन्स्यता, अहम्ता आदिलाई पनि चित्रण गरेको छ । यसर्थ यो बालनाटक सँगै सामाजिक यथार्थवादी नाटक पनि हो । यसमा मानव समाजको कथा पनि भेटिन्छ भने तरकारी पात्रमार्फत तरकारीहरुको विशेषता र महत्वको सन्देश पनि बुनिएको छ । नाटकमा बालबालिकालाई सहभागी गराउँदैमा त्यो बालनाटक हुँदैन । अझ बालनाटक मूलतः वयस्क र अनुभवी कलाकारहरुले बालबालिकाका लागि गरिदिने नाटक हो । बालनाटक हुन विषयवस्तु र प्रस्तुति पनि बालबालिका केन्द्रित हुनु जरुरी छ । यसर्थ यो नाटक बाल सहभागितामूलक नाटक त हो नै साँच्चिकै बालनाटक पनि बनाउने प्रयत्न गरेको छु । यस कथा १० वर्ष अघि रुम टु रिडले ‘करेसाबारीका जडिबुटीहरु’ नामको मेरो पुस्तक प्रकाशित गर्दै नेपालका अधिकांश सामुदायिक विद्यालयको पुस्तकालयसम्म पु¥याइरहेको छ । ३० हजारभन्दा बढी प्रति प्रकाशित यसको हाल चौथो संस्करण प्रकाशित छ । यसै पुस्तकले २०६६ को राष्ट्रिय बाल चित्र पुरस्कार पनि प्राप्त गरेको थियो । सोही पुस्तकको मूल कथा लिएर नाटक ‘करेसा कन्सर्ट’ लेखेको हुँ ।
क्लिन अप नेपालद्वारा देशव्यापी अभियान पुरस्कार वितरण
काठमाडौं । क्लिन अप नेपालले कमलपोखरीस्थित क्युएफएक्स कुमारीहलमा बिहीबार वार्षिक देशव्यापी अभियान अन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरेको छ । यस समारोह क्लिन अप नेपालका प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो । वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा (नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताको लागि नेपाल भरी रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए । उपलब्ध गराइएका १७ नाटक मध्य विजयी २ वटा नाटकको भिडियो निर्माण गरियो भने बाँकी रहेका १४ वटा नाटक महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेको मेट्रो एफएमले उपयोग गर्ने भएको छ । उक्त समारोह सोही नाटक लेखन प्रतियोगिताको विजेताताहरुलाई पुरस्कृत गर्न गरिएको थियो । समारोहमा क्लिन अप नेपालद्वारा आफूले संचालन गरिरहेको परियोजना नेपाल वेस्ट म्याप, जेरो वेस्ट इन स्कूल र प्रेसिअस प्लास्टिककोको बारेमा पनि प्रकाश पारिएको थियो । नाटक प्रतियोगिता अन्तर्गत भिडियो निर्माण गरिएको विजेता विद्यालयको नाटकलाई प्रिमियर गर्दै, तेश्रो विजयी नाटकलाई स्टेजमा बिमोचन पनि गरिएकाे थियो । सोही समारोहमा जेरो वेस्ट परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । समारोहका प्रमुख अतिथि भू.पू. मन्त्री गणेश शाहले क्लिन अप नेपालले सबै वर्ग र समूहलाई समेटेर गरेको यस कार्यक्रममा आफू पनि सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा पनि यस्तै कार्यक्रम गर्न उपस्थित सबै माझ सुझाव दिनुका साथै आगामी दिनमा सहयोग चाहिएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस अभियानका सहयोगी दाता लक्ष्मी बैँक, वेस्ट कन्सर्न, टिम क्येस्ट, द एसिया फाउन्डेसन, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अन्य संस्था तथा विद्यालय सहभागी थिए । लक्ष्मी बैँक र वेस्ट कन्सर्न यस वर्ष २०७६ देशव्यापी अभियानका मुख्य सहयोगी दाताहरु हून् । यस देशव्यापी अभियान, वर्ष २०६९ मा सरसफाई अभियानबाट सुरु गरिएको थियो र हाल सम्म यस अभियानको पहूँच अनुमानित १ लाख ६२ हजार सर्वसाधारण माझ पुगिसकेको छ ।साथसाथै यस अभियानबाट ४५ जिल्लाहरुमा रहेको १ हजार १ सय १ संकलन बिन्दुबाट करिब ६ लाख ५५ हजार किलो फोहोर संकलन गरिएको छ । यस अभियानका लागि क्लिन अप नेपालले करिब ३ सय सरोकारवालाहरुसँग साझेदारी र सहकार्य गरिसकेको छ ।
चलचित्र निर्देशक राजु गिरी ‘राष्ट्रिय नागरिक सम्मान’ बाट सम्मानित
काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी ‘राष्ट्रिय नागरिक सम्मान’ बाट सम्मानित भएका छन्। नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मान गरेका हुन् । बिगत दुई दशक देखि चलचित्र क्षेत्रको प्रबर्धन लागिपरेका चलचित्र निर्देशक राजु गिरि ट्वाक्क टुक्क हास्य टेलिचलचित्रबाट अभिनय सुरु गर्दै आफ्नै लगानीमा ५२ घुस्सा ५३ ठक्कर टेलिफिल्म समेत निर्माण गरे । तत्पश्चात चलचित्र ‘चन्द्रवती’ मार्फत उनले निर्देशन यात्रा तय गरे । उक्त हिट चलचित्रमा राजेश हमाल, मुना उप्रेती, आयुष रिजाल लगायतले अभिनय गरेका थिए । उक्त चलचित्र हिट भएपछि उनले चलचित्र ‘बिन्दास’ को सिव्कलको निर्देशन गरे । उनले विन्दास- २ विन्दास- ३, विन्दास लाइफ- ४, मखमली – मखमली, टाइगर, जिस्म जिम्म –२, द रियल हिरो, राजा निर्देशन गरेका थिए । उनले निर्देशन गरेको चलचित्र मखमली चलचित्र २०१६ मा अमेरिकन फिल्म मार्केटमा नेपाली चलचित्रबाट छनौट भएको थियो र निर्देशक राजु गिरीले भोजपुरी चलचित्र ‘दिले वालेू हिन्दी चलचित्र ‘म्याड लबू पनि निर्देशन गर्ने तयारीमा छन् अहिलेका व्यस्त निर्देशक राजु गिरी चलचित्र ‘किर्ती’ छायांकन सकेर चलचित्र ‘म्याड लव’ हिन्दी चलचित्र निर्देशन गर्ने तयारीमा छन् । उनले एक दर्जन भन्दा बढि नेपाली उत्कृष्ट चलचित्र निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान तथा चलचित्र सम्बन्धि विभिन्न संघ संस्ठामा आबद्ध रही चलचित्रकर्मीहरुको उत्थानमा लागि पर्दै देश सेवामा समर्पित रहदैं आएको हुनाले उनको कार्यमा उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो । निर्देशक राजु गिरि दर्जनौ राष्ट्रिय अन्तराष्ट्रिय सम्मान तथा अवार्ड मार्फत सम्मानित भईसकेका छन् ।