मिस कल्चर नेपालको पहिलो अडिसन सम्पन्न
काठमाडौं । मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा सम्पन्न गरेको हो । अडिसनमा कास्की आसपासका विभिन्न जिल्लाहरूबाट इच्छुक अविवाहित नारीहरूको सहभागिता रहेको थियो । पोखराको न्यूरोडस्थित सगुन रेष्टुरेण्ट एण्ड बारमा भएको अडिसनबाट १३ जना प्रतियोगी छनौट गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्तापित गइरहेकाले यस कार्यक्रममार्फत विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाई नै संस्कृति र रीतिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति पनि यस कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले बताइन् । अडिसनबाट छनौट भएकाहरूलाई ४५ दिनको प्रशिक्षण पश्चात फाइनल कार्यक्रममा प्रवेश गराइने र विजेतालाई स्कुटर सहित चाँदीको क्राउन प्रदान गरिने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजकमा सिजि ब्रुअरी नेपाल (नेपाल आइस बियर), प्रिजेन्टेड बाइमा प्रभु बैंक र पावर्डबाइमा हरपल चामल रहेका छन् । शोभा गौतम ९८५६०४४०९४
चितवनकाे सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालन
काठमाडौं । चितवनको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा आएको छ । भरतपुर हाइटस्थित सिजी ल्यान्डमार्कमा यही शुक्रबारबाट सञ्चालनमा आएको हो । सिनेप्लेक्सका सञ्चालक कमल चौधरीले अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन भएको र स्क्रिन १ मा १४३, २ मा २१९ सिट रहेको जानकारी दिएका छन् । साथै, चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले बताए ।
‘हिमालय रोडिज सिजन ३’ फेरि शुरु
काठमाडौं । हिमालय रोडिज सिजन ३– ब्लड, स्वुएट एण्ड टियर्सले पुनः फर्कने तयारीमा रहेको छ । मंसिर ३० गतेदेखि हरेक सोमबार राति ८ बजे हिमालय टिभि एचडिमा प्रसारण हुँदैछ । भारतीय फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकप्रिय रहेको र उनीहरुले प्रतिक्षा गरेको टिभि शो हो । भोट, भित्रिने र बाहिरिने, खेल बदलिदिने मोड, सहभागीहरुबीचको घम्साघम्सी, साहसिक, उत्तेजना आदिका साथ शोले पक्कै पनि दर्शकहरुलाई आफ्नो सीटमा बाँधिएर बस्न बाध्य गराउनेछ । यो सम्पूर्ण नयाँ सिजनको संचालन रेमण्ड दास श्रेष्ठले गर्ने भएका छन् । उनको साथमा दीया मास्के, आशिष राना “उर्फ लाहुरे“ जोडिनेछन् भनें नयाँ ग्याङ लिडरहरु अनुप विक्रम शाही र सिजन १ का विजेता समन श्रेष्ठले पनि यो सिजनमा उपस्थिति जनाउने भएका छन् । यसले रोडि उपाधि नगद पुरस्कारका साथमा युवाहरुले आफूलाई निर्भयपूर्वक प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्दछ ।“ हिमालय रोडिज ३ का निर्देशक श्री अमन अधिकारीले भने । सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिज सवार गरेर हासिल गरेको थियो । यो सिजन ३ मा पनि निरन्तर रहनेछ । यामाहा एफ जेड सिरिजले रोडिजहरुलाई रोमाञ्चक कार्यमा सहयोग पु¥याउनेछ जसलाई उनीहरुले पार गर्नेछन् ।