गायिका वसन्ता प्रकृतिको ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक

काठमाडौं । गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ गीत रहेको थियो । डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।हेर्नुहाेस भिडियाे

गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ÷माष्टरिङ गरेका छन् । निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायांकन र सुरेश काफ्लेको ड्रोन रहेको छ । हेर्नुहाेस भिडियाे

मिसेस एण्ड मिस गुरुङ २०२० बन्न सफल भए चिनीमाया र सुस्मिता

काठमाडौं । मिसेस एण्ड मिस गुरुङ २०२० को ताज मिसेस चिनीमाया गुरुङ र मिस सुस्मिता गुरुङले पहिरहन सफल भएका छन् । यसरी, मिसेस गुरुङ तर्फ फर्स्ट रनरअप र मस्ट पपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लिला देबी गुरुङ, थर्ड रनरअप प्रेम कुमारी गुरुङ, अर्गनाइजर च्वाईस बिमाया गुरुङ र होममाया गुरुङ भिउर्स च्वाइस मनमाया गुरुङ र फेसबुक चवाइस रोशनी गुरुङले जित्न सफल भएका छन् । त्यसैगरी, मिस गुरुङ तर्फ फर्स्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिशा गुरुङ, मस्ट पपुलर धन माया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भिउर्स च्वाइस सुस्मिता गुरुङ भएका छन् । विजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए । प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमल काठमाडौँमा सम्पन्न भएको उक्त प्रतियोगिता विगत २ वर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, केशव थापा, पाल्साङ तामाङ, सुमना गुरुङ र कृष्ण गुरुङ रहेका थिए । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एवम रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यावसायिक महिला दिदी बहिनी मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । मिसेस एण्ड मिस गुरुङ २०२० समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य हो । उक्त प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराईएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन । यस सौन्दर्य प्रतियोगीताले विवाहित गुरुङ नारी, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि विश्वस्त छिन । प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।