मंसिर १३ गतेदेखि देशभर मखमली प्रदर्शन हुँदै

काठमाडौं । सवित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।  ६० वटा हलमा एक्कै साथ प्रदर्शन हुने मखमलीमा यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन । बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा चलचित्रमा संगीत वसन्त सापकोटा रहेको छ भने रामेश्वर हुमगाईको छायांकन रहेको छ । २१ औं शताब्दीमा आइपुग्दा पनि नेपालको ग्रामिण बस्तीमा देखिने पुरुष र महिलाबीचको विभेदलाई पर्दामा उतारिएको छ । मखमलीले यस चलचित्रमार्फत नारीको प्रतिनिधित्व गर्दै नारीको समस्या र भोगाईलाई प्रस्तुत गरिएको छ । चलचित्र निर्माणकाे क्रममा विशेष सहयोगीको रुपमा दामोदर भट्ट र गोकर्ण सापकोटाले निर्माता चिलुवाललाई सहयोग गरेका जनाएका छन् ।

कात्तिक ३० गते कलाकार तथा गायक गायिकाबीच दौड प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । कात्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडी बाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोही स्थानमा समापन हुने आयोजक सस्थाले जानकारी गराएको छ । भिजिट नेपाल २०२० लाइ समेत मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि यस कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा बिजेता हरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने छ भने समाजमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाइ सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् । यस कार्यक्रमलाई रिभेल ईभेण्ट्सले ब्यबस्थापनको जिम्मा लिएको छ ।

भक्तपुरको भाटभटेनीमा क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स

काठमाडौँ । क्यूएफएक्स सिनेमाजले भक्तपुर ठिमीको भाटभटेनीमा आफ्नो पहिलो मल्टिप्लेक्स लञ्च गरेको छ । रिगल सिनेमाज् प्रालिको लगानी रहेको यस हलमा टीम क्वेस्टकोको व्यवस्थापन रहनेछ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डेप्थ क्यू थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ, जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ । यसका साथै तीनवटै स्क्रिनहरुमा डोब्ली एट्मोस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ । पहिलो पल्ट क्यूएफएक्स सिनेमाजको थिएटरमा रिक्लिनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा ७०२ सिट क्षमता रहेको छ, जसमध्ये ४० वटा रिक्लिनर सिट रहेका छन् । यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालनसंगै क्यूएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमाज् प्रालिले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ, जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै सञ्चालनमा आउने जनाइएको छ ।