विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा बिहीबार प्रदेश स्तरीय चित्रकला प्रदर्शनी भएको छ । कार्यक्रमको पहिलो दिन प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भएको हो । कार्यक्रममा माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानून विद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लँुइटेलको उपस्थिति रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन निवास पोखरेलले गरेका थिए । ४० जना भन्दा बढी कलाकारहरुद्वारा निर्माण गरिएका चित्रकलाको अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए होलान् तथापी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले आभार व्यक्त गरेका छन् । नेपाल सरकार अन्र्तगतको यो संस्थाले कलाको विकास, प्रवद्र्धन, उन्नयन, संरक्षण गर्दै आएको छ । कार्यक्रममा राजभण्डारीले प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले चित्रकला मार्फत नेपालको विशिष्ठताको परिचय र पहिचान दिएको हुन्छ । यसर्थ यसलाई प्रदेश स्तरीय विस्तार गर्नु आवश्यक रहेको बताए । त्यसैगरी, विविध धर्म, भाषा, संस्कृति भएको देश विश्वको सर्वोच्च शिखर देखि होचो भु–भाग रहेको कारण यस कार्यक्रम महत्वर्पुण रहेको कारण बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक संग्राहलयको निर्माण गर्ने बजेट विनियोजन गरिएको कुराको समेत जानकारी गजमेर गराए ।
गायिका आस्था राउत प्रहरीमा हाजिर
काठमाडाैं । गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित साेमबार टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफैं उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।
प्रभु शाहको निर्माणमा तथा नायिका अधिकारीकाे अभिनय रहेकाे ‘हमनिके भागिया’ सार्बजनिक
काठमाडौं । भोजपुरी गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत समाभेष छिन् । उपेन्द्र सहानीको शब्दमा संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् । त्यस्तै निर्देशक पुर्णेन्द्रु झाले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र बिजय यादब निर्बिजको ससक्त अभिनय रहेको छ । भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् । भिडियो हेर्नु क्लिक गर्नुहोस्