नेपाल राष्ट्र बैंकमा ११४ जनालाई जागिरकाे अवसर, घरबाटै यसरी भर्नुस् दरखास्त फारम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११४ जनालाई जागिर खुलाएको छ । सहायक निर्देशक अधिकृत तृतियदेखि सहायक द्धितिय पदका लागि विज्ञापन खुलाएको हो । बैंकले सहायक निर्देशक प्रशासन तर्फ २१ जना, चार्टड एकाउन्टेन्ट १० जना, वाणिज्य कानून तर्फ २ जना, सहायक प्रशासन तर्फ सबैभन्दा धेरै ६८ जना र १३ जना प्राविधिकको माग गरेको छ । इच्छुक व्यक्तिहरुले अनलाईन फारम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त फारम मंसिर २६ गतेसम्म भर्न सकिनेछ ।

८०० सय युवाले भरे बेरोजगारी फाराम, आत्मनिर्भर तथा स्वरोजगार बन्ने लक्ष्य

अछाम । बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा ५०६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन् । यस्तै धनलक्ष्मी रोजगार कार्यक्रममा चौरपाटीमा ४३ र चौखुट्टेमा २८ जनाले तथा धनलक्ष्मी बायो टेक्नोलोजीतर्फ चौरपाटीमा ६४ र चौखुट्टेमा २२ जनाले आवेदन दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए । रोजगार मेलामा १८ वर्ष पूरा भई ५८ वर्ष ननाघेका बेरोजगारले फाराम भरेका छन् । गाउँपालिकाले श्रम तथा रोजगार कार्यालय धनगढी र स्थानीय गैरसरकारी संस्था वाक नेपालसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको युवा रोजगार मेलामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन, आत्मनिर्भर र स्वरोजगार बनेका युवाका स्थानीय उत्पादन प्रदर्शनी, युवा प्रशिक्षण तथा खुला अन्तर्क्रिया कार्यक्रम गरिएको थियो । मेलामा युवालाई व्यावसायिक बन्नका लागि प्रशिक्षण, बेरोजगारको तथ्याङ्क विष्लेषण, युवासँग खुला अन्तर्क्रिया, उद्यमशीलताबारे जानकारी र लघु तथा घरेलु उद्योगका विषयमा बृहत्रुपमा छलफल गरिएको थियो । नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावलले सो मेलाको उद्घाटन गरेका थिए । रासस

नेपाल बैंकले सातै प्रदेशका लागि माग्यो ३०० भन्दा बढी कर्मचारी, कहाँ कति ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले विभिन्न तह र क्षेत्रका लागि ३ सय भन्दा बढी रिक्त स्थानका लागि कर्मचारी भर्ना सुरु गरेको छ । बैंकले देशका सातै प्रदेशका लागि प्रबन्धक (तह ६), सहायक (तह ४) र  कनिष्ठ सहायम (तह ३) का लागि उक्त संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले सहायक प्रबन्धक छैटौं तहका लागि खुला र समावेशी समेत गरी कुल ८० जना कर्मचारीको माग गरेको छ । जसमध्ये खुला ४२, महिला १२, आदिवासी जनजाति ९, मधेशी ८, दलित ३, अपाङ्ग २, पिछडिएको क्षेत्रबाट १ जना माग गरिएको छ भने प्राविधिकतर्फ सोही पदमा खुला र आदिवासी जनजातितर्फ १/१ जना कर्मचारीको माग गरिएको छ । व्यवस्थापन तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर उर्तीण भएकाले मात्र आवेदन गर्न पाउने उक्त पदको प्राविधिकतर्फ भने स्नातक तहको शिक्षा पूरा गरेको हुनुपर्छ । प्रदेशगत विज्ञापनअन्तर्गत बैंकले सहायक पदका लागि कुल १६७ जना र कनिष्ठ सहायक पदका लागि कुल ४९ जना कर्मचारीको माग गरेको छ । सहायकतर्फ प्रदेश १ का लागि ४२ जना, प्रदेश २ का लागि ५१ जना, प्रदेश ३ का लागि ५८ जना, गण्डकी प्रदेश का लागि ३४ जना, प्रदेश ५ का लागि ४३ जना, कर्णाली प्रदेशका लागि ९ जना र सुदुरपश्चिम प्रदेशका लागि २० जना कर्मचारीको माग गरिएको छ । उक्त पदमा आवेदन दिन मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक उर्तीण गरेको हुनुपर्छ । त्यस्तै, कनिष्ठ सहायकतर्फ प्रदेश १ र प्रदेश २ का लागि ९र९ जना, प्रदेश ३ का लागि १५ जना, गण्डकी प्रदेश र प्रदेश ५ का लागि ५/५ जना र कर्णली र सुदुरपश्चिम प्रदेशका लागि ३÷३ जना कर्मचारीको माग गरिएको छ । उक्त पदमा आवेदन दिन मान्यताप्राप्त संस्थाबाट व्यवस/थापन वा अर्थशास्त्र विषयमा कम्तीमा प्रमाणपत्र तह वा कक्षा १२ उर्तीण गरेको हुनुपर्छ । आवेदकले अनलाइनबाटै दरखास्त दिनुपर्ने व्यवस्था गरिएको छ । कनिष्ठ सहायकका लागि प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ भने लिखित र अन्तर्वार्ता भने सबै पदको लागि हुनेछ ।