केयुको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् ।        प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा  दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन थिए । आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।    

सिभिल अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुचारू हुँदै

काठमाडौं । सिभिल अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट पुनः सेवा सुचारु हुने भएको छ । आइतबारदेखि रहेको नियमित सेवा सुचारू हुने अस्पतालाले जनाएको छ ।  अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट गर्ने मेसिन केही समयदेखि बिग्रेकाले सेवा अवरूद्ध भएको थियो । अस्पतालमा उक्त मेसिन मर्मत भइसकेकाले पुनः सेवा सुचारू हुने अस्पतालले उल्लेख गरेको छ ।  त्यसैगरी, अस्पतालले बिरामीहरुलाई शुक्रबारदेखि खाना खुवाउने भएको छ । शुक्रबार बिहान ९:३० बजेबाट सेवा सुचारू हुने अस्पतालले जनाएको छ ।  

टिकटकबाट महिलालाई ब्ल्याकमेल गरेर पैसा माग्ने युवक पक्राउ

काठमाडौं । टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर महिलालाई ब्ल्याकमेल गर्ने र आर्थिक पैसा लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला, रोशी गाउँपालिका वडा नं. ११ स्थायी ठेगाना भएका २३ वर्षीय समिर तामाङ रहेका छन् । डर-त्रास देखाई उनले पीडितबाट अनुचित रूपमा आर्थिक लाभ समेत लिएको र भिडियो बाहिर ल्याइदिने भन्दै धम्की दिने गरेको ब्यूरोले जनाएको छ ।  पीडित महिलाले दुःख हैरानी दिई ब्ल्याकमेल गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात (७) दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले यस घटनाका सम्बन्धमा थप विस्तृत अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।