नेपाल चिकित्सक संघको निर्वाचनमा १ हजार २ सय ८ मत गन्दा डा. मंगल रावल अग्रस्थानमा
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचनको जारी मतगणनामा डा. मंगल रावल अग्रस्थानमा रहेका छन् । उनलाई प्रतिस्पर्धी डा। बद्री रिजाल पछ्याइरहेका छन्। १ हजार २ सय ८ मत गणना गरिसक्दा डा। रावलले ५ सय ७३ (४७.८३ प्रतिशत) मत प्राप्त गरेका छन्। डा. रिजालले ४ सय ८७ (४०.६५ प्रतिशत) मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले १३८ (११.५२ प्रतिशत) पाएका छन्। वरिष्ठ उपाध्यक्षतर्फ भने कडा प्रतिस्पर्धा देखिएको छ । जसमा डा। किर्तिपाल सुवेदी ५ सय ४९ मतसहित अग्रस्थानमा रहँदा डा. संजीव तिवारी ४ सय २० मतसहित पछ्याइरहेका छन्। भने डा. अजय कुमार मिश्र १ सय ८४ भोट प्राप्त गरेका छन् । यस्त जारी मतगणना अनुसार महासचिव पदमा डा. कालु सिंह खत्री ४ सय ४९ मतसहित अगाडि छन् भने डा। बिश्वराज दवाडी १ सय १२ मत ल्याउदै खत्रीलाई पच्छ्याइरहेका छन् भने डा अमृत भुसालले २ सय ९१ मत सहित तेस्रो स्थानमा रहेका छन् । प्रदेश संयोजकतर्फ अधिकांश क्षेत्रमा टिम बद्रीका उम्मेदवारको अग्रता कायम रहेको देखिन्छ । कोषाध्यक्ष पदमा डा। संयुक्ता आचार्य अगाडि रहँदा सह–सचिवमा डा। हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा। तेज्सु सिंह मल्लले स्पष्ट अग्रता कायम गरेका छन्। सदस्य पदतर्फ डा. हिमलाल भण्डारी, डा। अरुण उप्रेती, डा। शेषराज घिमिरेलगायत उम्मेदवारहरू शीर्ष स्थानमा छन्। कुल ६ सदस्य चयन हुने व्यवस्था रहेको छ । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।
हवाई इन्धन महंगिँदा निजी वायुसेवा संकटमा, सरकारसँग मागे राहत
काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेसँगै सेवा सञ्चालन गर्न समस्या हुन थालेको बताएका छन् । वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै संकटमा सहुलियत दिनुपर्ने माग गरेका हुन् । संघका अध्यक्ष प्रताप जंग पाण्डेका अनुसार कोभिड–१९ पछि विस्तारै माथि उठेको पर्यटन क्षेत्र गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि मध्यपूर्व मा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्याधिक बढेको छ । एकातिर आन्तारिक तथा बाह्य पर्यटकको संख्यामा कमी अर्कोतिर अत्यधिक इन्धन मूल्यवृद्धिले व्यवसाय सञ्चालन गर्न धौधौ भएको अध्यक्ष पाण्डेले बताए । ‘इन्धनको मूल्यवृद्धिले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा आवश्यक सहुलियतको व्यवस्था मिलाइदिन हामीले सम्बन्धित सरोकारवालासँग माग गरेका हौं,’ उनले भने । संघका अनुसार वायुसेवा कम्पनीको सञ्चालन खर्चमा अहिलको हिस्सा ५५–६० प्रतिशत पुगेको छ ।
होटल संघ नेपाल र भारतीय पर्यटन व्यवसायीबीच २५ भन्दा बढी सेवा सम्झौता
काठमाडौं । पर्यटन प्रवर्द्धन गर्न भारत गएको होटल संघ नेपाल (हान) को प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा बढी सेवा सम्झौता गरेको संघले जनाएको छ । संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा भारत गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा यही वैशाख १५ र १६ गते भारतीय पर्यटकलाई गर्मी याममा नेपाल भ्रमणको विशेष आकर्षक योजनाहरू प्रस्तुत गर्न नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमसहित ‘बी टु बी’ बैठकहरूको आयोजना गरिएको थियो । कार्यक्रममा भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभा सम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रालगायत प्रकृति–संस्कृति–साहसिक पर्यटनका विविध विधामा रुचि देखाइएको संघले जनाएको छ । नेपाल पर्यटन बोर्डको सह-आयोजनामा नेपाली दूतावास नयाँ दिल्लीको सहयोगमा आयोजित उक्त कार्यक्रममा एक सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीहरूले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरूसँग व्यवसायिक भेटघाट गरेका थिए । गर्मीको छुट्टीमा बिदा मनाउने योजना प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालीको शितल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधा प्रति भारतीय पर्यटकहरुको रुचि बढेको कार्यक्रममा सहभागी होटल एसोसिएसन अफ इण्डिया, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इण्डिया, टूर्स एण्ड ट्राभल एसोसिएसन अफ इण्डिया, इण्डियन वेडिङ इण्डष्ट्री एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।