प्रिमियर इन्स्योरेन्सले ६ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ८९५ रुपैयाँ
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ७९५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ८९५ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । उक्त निर्णय जेठ २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते, कहिले हुँदै छ बुक क्लोज?
काठमाडौं । लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त सभामा असार १३ गते बोलाएको बैंकको उक्त सभाले कम्पनीको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस दिने निर्णयलाई पारित गर्ने भएको छ । बैंकले प्रोफेशनल दियालो विकास बैंक प्राप्ति र १०० प्रतिशत हकप्रद निष्काशन पछिको चुक्ता पूँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।
यूनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ४५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ क्यापिटल लिमिटेड रहेको छ ।