सोमबार १२० कम्पनीको सेयर मूल्यमा वृद्धि, १७ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजारमा कुल १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सोमबारको कमाउनेमध्ये ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनबी इन्स्योरेन्स कम्पनी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका हुन् । १० प्रतिशत कमाउने ६ कम्पनी करिब १० प्रतिशत कमाउने ११ कम्पनी त्यस्तै, ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी (अर्थात करिब १० प्रतिशत) कमाएका छन् । नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ९ दशमलब ९९ प्रतिशत कमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले उकालो, एक अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार सामान्य अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले उकालो लागेकोे छ । सोमबार परिसूचक २४ दशमलब ६२ अंकले उकालो लागेर १६७६ दशमलब २२ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सोमबारको सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिन एक अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबारको तुलनामा ४० करोड ९७ लाख रुपैयाँ बढी हो । सोमबार १४४ कम्पनीको २९ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबारको बजारमा पनि नेपाल बैंक लि. को सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको १३ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा एक रुपैयाँले घटी हो । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ रहेको थियो । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य ११८० रुपैयाँ रहेको छ । बजारमा कारोबार भएका ८ वटा समूह सूचक मध्ये अन्य समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २०१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, डेभलपमेन्ट बैंक, हाइड्रो र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले बढेका छन् । उता अन्य समूहको परिसूचक भने १.७४ अंकले ओरालो लागेको छ ।
सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०५९ रुपैयाँ
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १०१३ रुपैयाँ रहने भएको छ ।