सोमबारको सेयर बजारमा पुनः सर्किट ब्रेक

काठमाडौं । सेयर बजारमा पुनः सर्किट ब्रेक लागेको छ । सोमबार बजार खुलेको ३० मिनेट नपुग्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पुनः सर्किट ब्रेक लागेको हो । यस अघि बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । त्यसपछि बजार पुनः खुलेको थियो । बजार ११ बजेर ५९ मिनेट जाँदा खुल्ने नेप्सेले जनाएको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख हकप्रद निष्कासन, वैशाख ७ देखि आवेदन खुला

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको ८५ लाख १५ हजार ५ कित्ता हकप्रद सेयरको निष्कासन भएको छ । यो बैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित यो सेयरको लागि आवेदन दिन आगामी वैशाख ७ गतेदेखि जेठ १० गतेसम्मको समय सीमा निर्धारण गरेको छ । बैंकले १० कित्ता साधारण सेयर बराबार नयाँ ६ कित्ता सेयर दिने भएको छ । यो बैंकले १ अर्ब ४१ करोड ९१ लाख ६७ हजार ६ सय रुपैयाँको चुक्ता पुँजीमा १० बराबर १ (१०ः ६)को अनुपातमा सेयर जारी गरेको हो । यो बैंकको हकप्रद सेयर खरिदका लागि गत फागुन १९ गतेत्रि सेयर खरिद गरेका लगानीकर्ताले आवेदन दिन पाउँने छन् । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड हो । यसको सेयर आवेदन दिन नबिल इन्भेष्टमेन्ट बैकिङ नारायण चौर र बैंकको सम्पूर्ण शाखाबाट दिन सकेन उल्लेख छ । यो बैंकको प्रति सेयर हाल २९७ रुपैयाँमा कारोबार भइरहेको छ ।

स्वरोजगार लघुवित्तको एक लाख ३२ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । आइतबार स्वरोजगार लघुवित्त विकास बैंकको १ लाख ३२ हजार ९९७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस अघि कम्पनीको ६ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१९ रुपैयाँ रहेको छ ।