सर्किट ब्रेक लागेको बजारमा पनि तीन कम्पनीका लगानीकर्ताले गुमाए, क-कसले गुमाए ?
काठमाडौं । मंगलबारको सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको थियो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा तीन कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् । बजारमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लागानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् । मंगलबारको सेयर बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउने १४४ कम्पनी मध्ये पनि ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, २४ वटा कम्पनीको १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी कमाउने १० कम्पनी गुमाउने ३ कम्पनी
५ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार बन्द, नेप्सेले १६०० नाघ्यो
काठमाडौं । मंगलबार स्वाभाविक समयभन्दा करिब एक घण्टा अघि नै सेयर बजार बन्द भएको छ । कारोबार खुलेको करिब तीन घण्टामै ५ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको हो । एकै दिनमा ५ प्रतिशतले बढे वा घटेमा सो दिनको कारोवार बन्द गर्ने व्यवस्था छ । तीव्र गतिमा बढेको सेयर बजारमा नेप्से परिसूचकले १६०० नाघेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेर १६१० अंकमा पुगेको छ । बजारमा एक अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार बजार खुलेको पहिलो आधा घण्टामा नै ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि कारोबार रोकिएको थियो । सो अवधिमा नेप्से परिसूचक ४७ दशमलब १० अंकले बढेर १५८० दशमलब ९३ अंकमा पुगेको थियो । बजारमा उत्पादनमूलक समूहको परिसूचक स्थिर रहेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक दोेहोरो अंकले उकालो लागेको छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५०३ दशमलब ११ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक, बैकिङ् र होटल समूहको परिसूचक क्रमशः १०६, ८२, ७५ र ७१ अंकले उकालो लागेका छन् ।
नेप्सेमा ८६ लाख ६० हजार कित्ता सेयर सूचिकृत, बोनस सेयर मात्रै ६४ लाख कित्ता
काठमाडौं । मंगलबार मात्रै ८६ लाख ६० हजार ८८४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस, हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा बोनस सेयर मात्रै ६४ लाख कित्ता सूचिकृत भएको छ भने ११ लाख ९८ हजार कित्ता साधारण र ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । भक्तपुर फाइनान्सको ७३ हजार ८५० कित्ता, सगरमाथा इन्स्योरेन्स कम्पनीको एक लाख ७० हजार ६९० कित्ता र एनएलजी इन्स्योरेन्सको १० लाख २४ हजार ६५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ज्योति विकास बैंकको ११ लाख ७२ हजार ९०७ कित्ता, स्ट्याण्डर्ड चाटर्ड बैंकको १३ लाख ७४ हजार ७५३ कित्ता र गरिमा विकास बैंकको २१ लाख ६१ हजार कित्ता बोनस सेयर थपिएको छ । त्यसैगरि, कञ्चन डेभलपमेन्ट बैंकको पनि ४ लाख ९५ हजार कित्ता बोनस थपिएको छ । साथै, उक्त बैंकको बोनस सेयरका साथै हकप्रद सेयर पनि सूचिकृत भएको छ । मंगलबार कम्पनीको ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । साथै, लक्ष्मी बैंकको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । प्रोफेशनल दियालो विकास बैंकलाई एक्वाएर पश्चात कम्पनीको ११ लाख ९८ हजार ०११ कित्ता साधारण सेयर नेप्सेमा थपिएको हो ।