मेगा बै‌कको ३ लाख ६८ हजार कित्ता सेयर लिलामीमा, चैत २० गतेभित्र आवेदन दिनुपर्ने

काठमाडौं । मेगा बैंक लिमिटेडले ३ लाख ६८ हजार ८४२ कित्ता हकप्रद सेयरको लिलामी विक्री गर्ने भएको छ । यो बैंकको १ लाख ६८ हजार ९९२ कित्ता संस्थापक सेयर र २ लाख १७ हजार ८९० कित्ता सर्वसाधारण सेयरलाई लिलामी गर्न लागेको हो । बैंकको सेयर किन्न यही चैत २० गतेभित्र गोप्य सिलबन्दीम बोलपत्रबाट सेयर खरिदको आवेदन दिनुपर्ने छ । यो सेयरको खरिदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल वा मेगा र्बैक लिमिटेडको कमलादी कार्यालयबाट आवदेन दिन पाइने छ । बैंकले न्युनतम एक सय रुपैयाँ कबोल गरेर अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्ने जानकारी दिएको छ । वोस्टर्न डेभलपमेन्ट बैंकको पनि २ लाख २५ हजार कित्ता सेयर लिलामीमा यो बैंकको संस्थापक र साधारण सेयर गरी २ लाख २५ हजार ६३५ कित्ता सेयर लिलामी गर्ने भएको छ । यसको १ लाख ६३ हजार ५०१ कित्ता संस्थापक र ६२ हजार १३४ कित्ता सेयर साधारण तर्फको रहेको पनि उल्लेख छ । यो बैंकले यही चैत १३ देखि २१ गतेसम्ममा न्ुनमत एक सय रुपैयाँ कबोल गरेर आवेदन दिन समयसीमा निर्धारण गरेको छ । यसको विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

तीन दलाल कम्पनीलाई शाखा सञ्चालन गर्न नेप्सेले दियो अनुमति, क-कसले पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीन सेयर दलाल कम्पनीलाई विस्तारित शाखा सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार मात्रै नेप्सेले सनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि.र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई छुट्टा छुट्टै शाखा सञ्चालनमा ल्याउन अनुमति दिएको हो । आवेदन अनुसार सनि सेक्युरिटिजले नारायणगढ, भिजन सेक्युरिटिजले बनेपा र श्रीहरी सेक्युरिटिजले बिर्तामोडमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएका छन् । विस्तारित शाखा कार्यालय सञ्चालनमा ल्याउन नेप्सेले यी तीनै वटा कम्पनीलाई कारोबार लिंक उपलब्ध गराईसकेको छ । साथै, नेप्सेले अनुमति पाएका तीन कम्पनीलाई नयाँ विस्तारित शाखाबाट कारोबार शुरु गरि जतिसक्दो चाँडो लगानीकर्तालाई सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

हकप्रद निष्काशनका लागि एकैदिन तीन कम्पनीले दिए आवेदन, कुन कुनले दिए?

काठमाडौं । राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिमको पूँजी बढाउने क्रममा बुधबार मात्रै तीन कम्पनीले धितोपत्र बोर्डमा हकप्रद निष्काशनको लागि आवेदन दर्ता गराएका छन् । सनराइज बैंक, गरिमा विकास बैंक र गुडविल फाइनान्सले एकैदिन छुट्टाछुट्टै मात्राको हकप्रद निष्काशनको लागि आवेदन दिएका हुन् । सनराइज बैंकले ३० प्रतिशत(अर्थात १० बराबर ३ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  बैंकले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम प्रभु क्यापिटल लि. लाई दिएको छ । त्यस्तै, गरिमा विकास बैंकले पनि ७० प्रतिशत(अर्थात १० बराबर ७ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो बैंकले ९० करोड ७६ लाख रुपैयाँ बराबरको ९० लाख ७६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एस क्यापिटल लि. लाई दिएको छ । त्यसैगरि, गुडविल फाइनान्सले पनि ६० प्रतिशत(अर्थात १० बराबर ६ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एनआईबीएल क्यापिटल मार्केट लि. लाई दिएको छ । यी तीन वटै कम्पनीले बोर्डको अनुमति पाए पछि मात्रै हकप्रद सेयर निष्काशन गर्ने छन् ।