मेघा बैंक नेपालको ४ बराबर १ को अनुपातमा हकप्रद जारी हुँदै

काठमाडौं, २ साउन । मेघा बैंक नेपालले ४ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि आगामी साउन १० गते कम्पनीले बुक क्लोज गर्ने भएको छ । गत पुस २६ गते सम्पन्न साधारणसभा र असार ३१ गतेको नेपाल धितोपत्र बोर्डको निर्णय अनुसार हकप्रद सेयर निश्काशन गर्न लागिएको सो संस्थाले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ । आइतबार बैंकको हाराहारी ५ सय ६५ रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।

मिथिला लघु वित्त विकास बैंकको दुई बराबर एक कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला

काठमाडौं, २ साउन । मिथिला लघुवित्त विकास बैंकले दुई कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । मिथिलाले एक सय रुपैंयाँ मुल्य अंकित एक लाख ६९ हजार ७ सय ७४ कित्ता हकप्रद सेयरका लागि दरखास्त आव्हान गरेको हो । यो सेयर खरिदका लागि साउन १९ गतेदेखि भदौं २१ गतेसम्म आवेदन दिन सकिनेछ । मिथिलाले सिभिल क्यापिटल मार्केट्स लिमिटडलाई बिक्रि प्रबन्धक तोकेको छ । कुल ३ करोड ३९ लाख ४८ हजार चुँक्ता पुँजी रहेको मिथिलाको १३४ रुपैंया ४३ पैसा रहेको छ ।

६ महिनासम्म किन थपिएन क्लियरिङ बैंक ?

काठमाडौं, २९ असार । नेपाल धितोपत्र बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । तर बोर्डले निर्देशन दिएको ६ महिना कटिसक्दा समेत अझै क्लियरिङ बैंकको संख्या थपिएको छैन् । ‘बोर्डले ढिलोमा बैशाख १ गतेभित्र कम्तिमा ३ वटा क्लियरिङ बैंकको व्यवस्था गर्न निर्देशन दिएको थियो, अहिले भने प्रक्रिया अघि बढ्यो भन्ने खबर आएको छ’, नेपाल धितो पत्र बोर्डका प्रवक्ता निरज गिरिले विकासन्युजसँग भने । उता, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिइओ देवप्रकाश गुप्ताले भने क्लियरिङ बैंक थप्ने प्रक्रिया धेरै अघि बढिसकेको बताए । ‘हामीले आफ्नो एन्युवल मेन्टिनेन्स एग्रिमेन्ट भर्खरै सम्पन्न गरेका छौं, अब क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढेको छ, छिट्टै नयाँ क्लियरिङ बैंकको संख्या थपिन्छ’, सिडिएसका सिइओ गुप्ताले भने । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । दैनिक हुने करिब दुुई अर्बको सेयर कारोबारको चेक राफसाफ प्रक्रिया ढिलो भएको भन्दै बोर्डले क्लियरिङ बैंकको संख्या थप्न निर्देशन दिएको थियो । सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले भने क्लियरिङ बैंकको संख्या बढाउन ढिलाई गर्नु नेप्से र सिडिएसको गैर जिम्मेवारीपन भएको बताए । लगानी कर्ताको हितका पक्षमा आफ्नो निर्णय कार्यान्वयन गराउन नसक्ने धितोपत्र बोर्ड पनि लाचार बनेको आरोप समेत भट्टराईले लगाए ।