श्रीराम सुगर मिल्सको वार्षिक साधारणसभा चैत २८ गते, कहिलेदेखि बुक क्लोज?
काठमाडौं । श्रीराम सुगर मिल्स लि.ले चैत २८ गते कम्पनीको २२औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने हुने छ । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड ४५ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ रहेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले सो मात्राको बोनस पश्चात कायम हुन आउने पूँजीमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंगलबार सम्पन्न कम्पनीको १५औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ६४ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५९ लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष अशोक कुमार अग्रवालद्धारा प्रस्तुतआर्थिक वर्ष २०७२/७३को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३मा ८७ करोड १७ लाख २६ हजार ९ सय ६४ रुपैयाँ प्रिमियम आर्जन गरेको अध्यक्ष अग्रवालले बताएका छन् । उक्त प्रिमियम रकम अघिल्लो वर्षको तुलनामा ११.५९ प्रतिशतले बढी हो । कम्पनीका अनुसार आ.व. २०७२/७३मा इन्स्योरेन्सको खुद नाफा १५ करोड ३२ लाख रुपैयाँ रहेको छ । साथै,उक्त सभामा कम्पनीले समुह (ख) सर्वसाधारण सेयरधनीहरुबाट एक (१)जना संचालक विष्णु भण्डारीलाई संचालक पदमा निर्विरोध रुपमा निर्वाचित गरेको छ ।
नेप्से ३७ अंकले बढ्दा १ अर्ब ४२ करोडको कारोबार, सबैभन्दा बढी नेशनल लाईफको
काठमाडौं । मंगलबार उतारचढाव देखिएको सेयर बजारमा नेप्से परिसूचक ३७ दशमबल ८५ अंकले बढेर १४६२ दशमलब २३ अंकमा पुगेको छ । बजार खुलेको साढे १ घण्टाको अवधिसम्ममा सेयर बजार घट्ने बढ्ने क्रम जारी थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । मंगलबार सेयर बजारमा कुल १ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ११ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय ५६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल कमर्श क्रेडिट एण्ड कर्मश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा कुल १४७ कम्पनीको २२ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १०८ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने उत्पादनमूलक समूह स्थिर रहेको छ । त्यस्तै, मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक भने दोहोरो अंकले उकालो लागेका छन् ।