उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, एक जनाले पाए ११ कित्ता
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट गरिएको हो । लघुवित्तले कात्तिक २१ गतेदेखि कात्तिक २४ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको थियो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात् उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । सोही पूँजी संरचना कायम गर्न लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर बिक्री खुला गरेको थियो । लघुवित्तको एफपीओमा १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२५ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ । योग्य १० लाख ७२ हजार ४४३ जनलाई गोलाप्रथा विधिमार्फत् बाँडफाँट गर्दा १७ हजार ८४५ जनाले लघुवित्तको सेयर प्राप्त गरेका छन् । साथै, १ जना लगानीकर्ताले भने ११ कित्ता, १ जनाले १०.१८ कित्ता सेयर र बाँकीले १० कित्ता सेयर प्राप्त गरेका हुन् ।
मुक्तिनाथ कृषिको आईपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन भर्न पाइने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आज मंसिर ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले विदेशमा रोजगार गरिरहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता कर्मचारी, ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले मंसिर १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा मंसिर २२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नेप्से ९.८७ अंकले बढ्यो, कारोबार रकममा सुधार हुँदै
काठमाडौं । बिहीबार सेयर बजार ९.८७ अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेको सेयर बजार बिहीबार ९.८७ अंकले बढेको हाे । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा ९.८७ अंकको वृद्धि भई १८६०. २० अंकमा बन्द भएको छ । धेरै दिनपछि सेयर कारोबार पनि बढेको छ । बुधबार १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ३४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आज १६१ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको सेय मूल्य भने घटेकाे छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । यस्तै, थ्री स्टार हाइड्राेपावरको ८.५८ प्रतिशत र सिकलेस हाइड्रोपावर कम्पनीको सेयर ८.५४ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी गुमाउनेमा नबिल बैंकका लगानीकर्ता छन् । आज नबिल बैंकको सेयर मूल्य ८.२० प्रतिशले घटेको छ ।