मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले विदेशमा रोजगार गरिरहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगार्नीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता कर्मचारी, ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले मंसिर १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा मंसिर २२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

बेष्ट फाइनान्सका संस्थापक शर्मा ८ लाख कित्ता सेयर बेचेर बाहिरिँदै

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको ८ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक राजेन्द्र कुमार शर्माको नाममा रहेको ८ लाख कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

१० दिनपछि खुलेको सेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब बढीको कारोबार

काठमाडौं । १० दिनपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । तिहार तथा छठपछि सोमबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अंकले बढ्दै १ हजार ८ सय ५३.४८ बिन्दुमा पुगेको छ । आज सेयर बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ । आज ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो । आज होटल तथा पर्यटन समूहको उपसूचक, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक क्रमशः १.२६ प्रतिशत र १.४२ प्रतिशतले बढेका छन् भने बाँकी उपसूचक १ प्रतिशत कमले बढेका छन् । आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।