एक कम्पनीले घोषणा गर्याे लाभांश

काठमाडौं । आकाशभैरव सेक्युरिटिज लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले ३.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारण सभा असोज २४ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

प्रतिकित्ता ३६० रुपैयाँमा एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बैंकको सेयरमा इच्छुक जोकोही लगानीकर्ताले आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको रहेको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ ।

२५ प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २८ गते बसेको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २५ गते नारायणचौर नक्साल काठमाडौंमा साँझको ४ बजे हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको २ लाख ६८ हजार ५ रुपैयाँ पारित गर्नेछ ।