१४५ रुपैयाँमा शाइन रेसुङ्गा बैंकको सेयर बिक्रीमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । त्यसैले सो मूल्य नघट्ने गरी खरीद गर्न ईच्छुक संस्थापक तथा सर्वसाधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्ने छन् । बैंकको सेयरमा आज चदौ ८ गतेदेखि भदौ १७ गतेसम्म आवेदन दिन सकिने छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।

५ हजार कित्ता आवेदन दिन मिल्ने भगवती हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि प्रिमियममा बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदो ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँको सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर विदेशमा रोजगार गरीरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता कम्पनीका कर्मचारी र बाँकी ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सर्भेयरको परीक्षामा सामेल हुन सूचीकृत हुनैपर्ने, प्राधिकरणले तोक्यो समय सीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यसअघि तालिम लिएका व्यक्तिलाई परीक्षामा सामेल हुन यस्तो आग्रह गरेको हो । बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम प्राधिकरणले उक्त आग्रह गरेको हो । जसमा योभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम दिएका व्यक्तिहरुले सर्भेयरको परीक्षा दिन पाउने छन् । त्यसको लागि बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपि सहितको निवेदन १५ दिनभित्र इमेलमा पठाइसक्नु पर्ने समेत प्राधिकरणले जानकारी गराएको छ । यससँगै तालिम लिएका व्यक्तिहरुले आगामी भदौ २६ गतेभित्र [email protected] मा इमेल गर्न सक्नेछन् ।