आजसम्म नेशनल लाइफको सेयर खरिद गरे १४.५ प्रतिशत लाभांश पाउने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ जेठ ११ गते लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज जेठ १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्न कम्पनीले ३५औं वार्षिक साधारण सभा जेठ २२ गते लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा बोलाएको छ । यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
सेयर बजारमा छायो हरियाली, ५१ अंकले बढ्यो नेप्से
काठमाडौं । मंगलबार सेयर बजार ५१.३१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १९४२.६३ विन्दुमा पुगेको छ । बजार यसरी उल्लाहस् रुपमा बढ्दा कुल दुई अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १० करोड रुपैयाँकाे कारोबार भएको छ । आज भएको कुल कारोबार झण्डै तीन महिनापछिको उच्च हो । यसअघि फागुन १७ गते नेप्सेमा दुई अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता नेप्सेमा एक अर्बकै हाराहारीमा कारोबार भइरहेको थियो । यस्तै, आज ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरु सबै लघुवित्त रहेका छन् । सर्किट लाग्नेमा क्रमशस् कालिका लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् । आज कालिका लघुवित्तका सेयरधनीले प्रतिकित्ता ६१ रुपैयाँ, खप्तडका सेयरधनीले प्रतिकित्ता ८२.२० रुपैयाँ, आत्मनिर्भर लघुवित्तका सेयरधनीले प्रतिकित्ता १२४.२० रुपैयाँ र सामुदायिक लघुवित्तका सेयरधनीले ७७.२० रुपैयाँ कमाएका छन् ।
थ्रीस्टारको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा आयोजना प्रभावित स्थानिय वासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैशाख ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित स्थानियले आज जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानिय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।