बजेटको मुखमा १७ अंकले घट्यो नेप्से, साढे दुई अर्बको कारोबार
काठमाडौं । बजेट सार्वजनिक हुनु एक दिन अगाडी सेयर बजार १७.३८ अंकले घटेको छ ।बिहान उकालो लागिरहेको नेप्से बजार बन्द हुने समयमा भने घटेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार घटेर १९४१.७४ विन्दुमा पुगेको छ । यद्यपी बजार घटेपनि ७० लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोड रुपैयाँको भएको छ । यस्तै, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था रहको छ । युनियन लाइफको सेयर मूल्य प्रतिकित्ता ३५.८० रुपैयाँ र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १५०.३० रुपैयाँले वृद्धि भएको छ । सरकारले भोली अर्थात जेठ १५ गते सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ ।
कारोबार रोक्का रहेको युनियन लाइफको मूल्य १० प्रतिशत बढ्यो
काठमाडौं । दोस्रो बजारमा कारोबार रोक्का रहेको साविक युनियन लाइफ इन्स्योरेन्सको सेयर खरिद बिक्री भएर सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५.८० रुपैयाँ बढेर ३९३.८० रुपैयाँ पुगेको छ । कम्पनीको १९० कित्ता सेयर १२ पटक खरिद बिक्री हुँदा ७२ हजार ५५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफबीच मर्जर भएर वैशाख २६ गतेबाट एकीकृत कारोबार गरेका थिए । यी तीनै कम्पनीबीच मर्ज भएर हिमालयन लाइफ इन्स्यारेन्सको नामबाट एकीकृत कारोबार सुरु हुनु पर्ने हो तर, आइतबार साविककै युनियन लाइफको नामबाट कारोबार सुरु भएलगत्तै सकारात्मक सर्किट लागेको हो । नेप्सेले कसरी कम्पनीको सेयर कारोबार भएको हो भनेर अध्ययन गरिरहेको बताएको छ । रोक्का रहेकै अवस्थामा कम्पनीको कारोबार भएको हुँदा कसरी भयो प्राविधिक टोलीले हेरिरहेको नेप्सेले जनाएको छ । अध्ययनपछि मात्र के भएको हो भन्न सकिने बताइएको छ ।
नेप्सेमा ८ कम्पनीको १ करोड ३० लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ ७ गते आइतबारदेखि जेठ १२ गते शुक्रबारसम्म सबैको लघुवित्त, इन्फिनीटी लघुवित्त, लक्ष्मी लघुवित्त, एलएलजी इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको गरी कूल १ करोड ३० लाख २४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सबैको लघुवित्तको १८ प्रतिशत बोनस वापतको ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, इन्फिनीटी लघुवित्तको २० प्रतिशत बोनस वापतको ८ लाख २९ हजार २६.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, लक्ष्मी लघुवित्तको १५ प्रतिशत बोनस वापतको ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस वापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस वापतको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस वापतको १३ लाख २० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, छिमेक लघुवित्तको २२ प्रतिशत बोनस वापतको ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस वापतको ८ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।