नेप्सेमा प्रभु बैंकको १० करोड ७७ हजार कित्ता सूचीकृत, सेञ्चुरी बैंकको सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंकको सेयर सूचीकृत भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरे पश्चात कामय सेयर नेप्सेमा प्रभु बैंकमा सूचीकृत भएको हो । साविकको सेञ्चुरी बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार दोस्रो बजारमा किनबेच गर्न मिल्ने गरी उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो । अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।

नेप्सेमा ३ लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ३ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी तीन लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । मनकामना स्मार्ट लघुवित्तको ४.७५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७२५.५४ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, समता घरेलु लघुवित्तको १५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६३९.५७ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ७३५.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, आरएमडीसी लघुवित्तको २६ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७३८.२५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ९३०.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

आइपीओ ल्याउँदै सिकोस हाइड्रोपावर, एनआईबिएल एस क्यापिटलसँग गर्यो सम्झौता

काठमाडौं । सिकोस हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले एनआईबिएल एस क्यापिटलसँग संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौता गरेको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । सिंकोस हाइड्रोपावर प्राइभेटले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ । यस कम्पनीले प्राइभेटबाट पब्लिक कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका गरिरहेको छ । उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटलले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण सेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, पूँजी संकलन गर्न, ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्न र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ ।