सबैको लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समित माघ ११ गते बसेको बैठकले १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७३ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । जसमा ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि २५ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

स्वाभिमान लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समित माघ ११ गते बसेको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ रहेको छ । जसमा २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १२ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

मर्जर भंग भएपछि प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । अजोड इन्स्योरेन्ससँगको मर्जर गर्ने सम्झौता भंग भएपछि कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो । प्रभु र अजोडबीच मर्जर किन भंग भयो भन्ने विषय भने अझै खुलाइएको छैन ।