सेयर बजार ५४ अंकले घट्यो, नेप्से २६०० नजिक
काठमाडौं। सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । १२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । बोटलर्स नेपाल, एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त र एनआईसी एशिया डिभेन्चरबाहेक सबैको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक २६०२ मा झरेको छ । यो अंग गत असार यताको सबैभन्दा कम अंक हो । दशैंअघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो । पहिलो दिने नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छ । बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म व्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएकाे जानकारहरूले बताएका छन् । कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत व्याज अफर गरेकाे छ भने एनअाइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजमा निक्षेप उठाउन थालेकाे छ ।
कामना सेवा विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्त्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १० बजे बोलाउने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि कार्त्तिक १० गते एक दिनको लागि बैंकको बुक क्लोज हुनेछ । यससँगै नेप्सेमा कार्त्तिक ९ गतेसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनी उक्त सभामा भाग लिन सक्ने र आर्थिक वर्ष २०७७/०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य हुनेछन् । उक्त सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार बैंकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ नाघ्ने छ ।
दशैं अघिको सेयर बजारः परिसूचक र कारोबार दुबै घट्दा नबिलको सर्वाधिक किनबेच
काठमाडौं । दशैंअघि अर्थात सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले ओरालो लागेर २६३९.३८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबार ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८६ करोड रुपैयाँले घटी हो । सोमबार कूल २१९ वटा स्क्रिप्टको ९३ लाख १४ हजार ७८० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १७ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य २४ रुपैयाँले घटेर प्रतिकित्ता १४५० रुपैयाँमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ८.७६ प्रतिशतले घटेर प्रतिकित्ता ५७६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५५.३० रुपैयाँले घटी हो । सोमबार सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किम १ को इकाई मूल्य बढेको छ । स्किमले लाभांश घोषणा गरेसँगै इकाई मूल्य ९.९० प्रतिशतले बढेर प्रतिइकाई २१.६५ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत प्रतिफल बाढ्ने त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५५३.४० रुपैयाँ पुगेको छ । बजारमा इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूह भने क्रमशः १.०७ र ०.३८ प्रतिशतले उकालो लागेका छन् । यससँगै सेयर बजार अब आगामी आइतबार मात्रै खुल्ने छ । असोज २६ गतेदेखि फुलपाती लागेसँगै सेयर बजार पनि बन्द हुनेछ । र, एकैपटक दशैंको टिकाको तेश्रो दिन अर्थात असोज ३१ गते आइतबारदेखि मात्रै खुल्ने छ ।