मध्य भोटेकाशीको आईपीओ अपडेटः एकैदिन ७० लाख रुपैयाँको आवेदन
काठमाडौं । आजदेखि पुनः निष्काशन खुला भएको मध्य भोटेकाशी जलविद्युत कम्पनीको आईपीओमा ७० लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार पुनः निष्काशन गरेको पहिलो दिनमा सो मात्राको आवेदन परेको हो । दिनभरमा कूल २८१ जना आवेदकले ७० हजार २६० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जसमध्ये २१८ जनाले आश्वाबाट आवेदन दिएका छन् भने बाँकी ६३ जनाले भौतिक रुपमा उपस्थित भएर तथा ईसेवा र अनलाइन माध्यमबाट आवेदन दिएका क्यापिटलले जानकारी गराएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला भएको हो । कम्पनीले गत बैशाख २१ गतेदेखि स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । बैशाख २३ गतेसम्म बिक्री भई बाँकी रहेको सेयर कम्पनीले आजबाट बिक्री खुला भएकाे छ । स्थगित मध्य भोटेकोशीको आईपीओ पुनः आजदेखि खुल्यो यससँगै कम्पनीले छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म उक्त सेयरको बिक्री खुला गर्ने छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । साथै, यसअघि आवेदन दिईसकेका आवेदकले भने पुनः आवेदन दिन नपाउने कम्पनीले जानकारी गराएको छ । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ ।
लक्ष्मी क्यापिटलले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषका इकाईधनीलाई कर सहित सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साउन ५ गते मंगलबार बिहान सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै कोषका इकाईधनीले आर्थिक वर्ष २०७७/७८ को सो मात्राको नगद लाभांश पाउने भएका छन् । लक्ष्मी क्यापिटल मार्केट लक्ष्मी बैंकको सहायक कम्पनी हो ।
स्थगित मध्य भोटेकोशीको आईपीओ पुनः आजदेखि खुल्यो
काठमाडौं । स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला हुने भएको हो । कम्पनीले गत बैशाख २१ गतेदेखि स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । बैशाख २३ गतेसम्म बिक्री भई बाँकी रहेको सेयर कम्पनीले आजबाट बिक्री खुला गर्ने छ । यससँगै कम्पनीले छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म उक्त सेयरको बिक्री खुला गर्ने छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । साथै, यसअघि आवेदन दिईसकेका आवेदकले भने पुनः आवेदन दिन नपाउने कम्पनीले जानकारी गराएको छ । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ ।