जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा हालसम्म १५ गुणा बढी आवेदन परेको छ । आज(असार १४ गते) साँझ साढे ५ बजेसम्ममा २ करोड ७९ लाख ८ हजार ९६० कित्ता सेयरकाे लागि आवेदन परिसकेकाे संस्थाकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५.१० गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । क्यापिटलका अनुसार यो अवधिसम्ममा १८ लाख ४७ हजार ०५१ जनाले सो मात्राको सेयर माग गरेका हुन् । यससँगै उक्त सेयरमा भोलि (असार १५ गते) सम्म आवेदन दिन पाइने छ । इच्छुकले भोलि अपरान्ह ५ बजेभित्र संस्थाको आईपीओमा आवेदन दिन पाउने छन् । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव
राष्ट्र उत्थान लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरकाे ८ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्थाले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा राष्ट्र उत्थान लघुवित्तको तर्फबाट नायब कार्यकारी निर्देशक जया ल।ेहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
एकैदिन १३ अर्ब रुपैयाँ बढीको धितोपत्र स्वीकृत
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न संस्थालाई १३ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनको लागि स्वीकृति दिएको छ । बोर्डले असार १० गते मात्रै तीन वटा कम्पनीलाई विभिन्न किसिमको धितोपत्र जारी गर्न स्वीकृति दिएको हो । स्वीकृति पाउनेमा तेह्रथुम पावर कम्पनी, कृषि विकास बैंक र आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेका छन् । जसमध्ये तेह्रथुम पावर कम्पनीले आईपीओ, कृषि विकास बैंकले ऋणपत्र र आरबीबी मर्चेन्ट बैंकिङ्गले म्युचुअल फण्ड जारी गर्ने छन् । बोर्डको स्वीकृति पाएको तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वाधारणलाई गरी एक सय अंकित दरको १२ लाख कित्ता सेयर जारी गर्ने छ । कम्पनीले अबको केही दिनमै सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको सेयर जारी गर्ने छ । त्यस्तै, आरबीबी मर्चेन्ट बैंकिङ्गले पनि ‘४ प्रतिशत एग्रीकल्चर बण्ड ८ एण्ड ९ यर्स’ नामक ऋणपत्र निष्काशन गर्न बोर्डको स्वीकृति पाएको छ । संस्थाले एक हजार रुपैयाँ दरका १ करोड २० लाख थानको १२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्र्ने छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको सहयक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्गले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्न बोर्डको अनुमति पाएको हो । संस्थाले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । जुन बन्दमुखी प्रकृतिको योजना हो । यस फण्डको समयावधि सात वर्षको रहनेछ ।