सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४०० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४०० रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १५५४ रुपैयाँमा भएको थियो ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आज (असार १७ गते) देखि आवेदन दिन पाइने छ । संस्थाले आजदेखि ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेसँगै सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन् । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार ३१ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै सेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो । सेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ । प्रतिसेयर आम्दानी र नेटवर्थ त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा संस्थाको प्रतिसेयर आम्दानी ६.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.८४ रुपैयाँ रहेको छ । चालु आव २०७७/७८ मा प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ कायम हुने संस्थाको प्रक्षेपण रहेको छ । त्यस्तै, आगामी आव २०७८/७९ मा उक्त रकम बढेर क्रमशः ५३.४० रुपैयाँ र १८३.८१ रुपैयाँ पुग्ने संस्थाले प्रक्षेपण गरेको छ । सञ्चित नाफा त्यसैगरी, गत आर्थिक वर्षमा ४६ लाख २२ रुपैयाँ सञ्चित नाफा कमाएको संस्थाले चालु आवमा २ करोड ९६ रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, उक्त रकम बढेर आगामी आव अर्थात आव २०७८/७९ मा ७ करोड ८८ लाख ४० हजार रुपैयाँ र आव २०७९/८०मा १५ करोड ७३ लाख पुग्ने कम्पनीले अनुमान गरेको छ ।

सिर्जना फाइनान्सको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको ७ लाख ७० हजार २६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ । आज (असार १६ गते) बुधबार संस्थाको सो मात्राको सेयर सर्वसाधारणमा परिणत भएको हो । यससँगै संस्थाको संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ५२ः४८ अनुपात कायम भएको छ ।