पहिलो दिनमै सीईडीबी हाइड्रोको सेयरमा सर्किट, कतिमा भयो अन्तिम कारोबार ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर सर्किट लागेको हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबारको तुलनामा ४१ रुपैयाँले बढी हो । पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा शुरु भएको थियो । त्यसको २१ मिनेटको अवधिमै कम्पनीको सेयर सर्किट लेभल कारोबार भएको हो । र, बुधबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४५७ रुपैयाँमा भएको हो । कम्पनीको मार्केट देप्थ अनुसार दिनभरको कारोबारमा कम्पनीको ९ लाख ६३ हजार ३०४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए भने बेच्ने कोही पनि थिएनन् । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दाेश्राे बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको थियाे । यससँगै कम्पनीकाे पहिलाे काराेबार अधिकतम मूल्यबाट शुरू भएकाे थियाे ।

मिर्मिरे लघुवित्तले एफपीओको संख्या थप १४ हजारले बढायो, अब कति जारी गर्छ ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको थप सार्वजनिक निष्काशन (एफपीओ)को संख्या परिवर्तन गरेको छ । परिवर्तित संख्यासँगै लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता सेयर एफपीओ (प्रिमियम मूल्यमा) निष्काशन गर्ने भएको हो । यसअघि संस्थाले ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्न एफपीओ निष्काशन गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गसँग सम्झौता गरिसकेकाे थियो । त्यसमा थप १४ हजार ८६ कित्ता सेयर थपेर ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्ने निर्णय गरेको हो । यसससंस्था र एसबिआई मर्चेण्ट बैंकिङ्गबीच गत जेठ २३ गते पुनः सम्झौता भएको छ । । लघुवित्तले जारी गर्ने संख्यामा परिवर्तन भएपछि मर्चेण्टसँग पुनः सम्झौता गरेको जानकारी गराएको छ ।

सीईडीबी हाइड्रोको सेयर कारोबार आजदेखि खुल्ने, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आजदेखि खुल्ने भएको छ । आईपीओ पश्चात नेप्सेमा सेयर सूचीकृत भएसँगै कम्पनीको आजदेखि दोश्रो बजारमा सेयर किनबेच खुल्ने भएको हो । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर आजदेखि कारोबार हुने भएको हो । जसको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको छ । यससँगै लगानीकर्ताले कम्पनीको पहिलो कारोबार यी रेञ्जभित्र रहेर शुरू गर्न सक्नेछन् ।