महिला लघुवित्तले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले माघ ८ गते मात्रै संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको सेयर निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

निफ्राकाे आईपीओ भरेका सबैले ५० कित्ता पाउने, भाग्यमानीलाई ६० कित्ता

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को प्रिअलोटमेन्ट आज बुधबार(माघ १४ गते) सम्पन्न भएको छ । यससँगै आईपीओ बाँडफाँड भने आगामी शुक्रबार अर्थात माघ १६ गते हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएकाे छ । क्यापिटलले दिएकाे जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीकाे सेयर पाउने भएका छन् । त्यस्तै, ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकलाई बाँकी रहेकाे सेयर गाेलाप्रथाबाट थप १०/१० कित्ताकाे दरले बाँडफाँड गरिने क्यापिटलले विकान्यसन्युजलाई बताएकाे छ । यससँगै, बैंककाे सेयरमा आवेदन दिने आवेदकले न्युनतम ५० कित्ता र भाग्यमानीले अधिकतम ६० कित्ताकाे दरले सेयर हात पार्ने छन् । बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म निष्काशन गरेको आईपीओमा इतिहासकै बढी  आवेदन परेकाे छ । क्यापिटलले दिएकाे पछिल्लाे जानकारी अनुसार आईपीओमा कूल १५ लाख ५० हजार ३२५ आवेदकले कूल १८ कराेड ३४ लाख कित्ता सेयर अर्थात १८ अर्ब ३४ करोड रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा २.४१ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर मात्रै माग गरेकाे थियाे । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियाे । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो । सम्बन्धित समाचार निफ्राको आईपीओ अपडेटः प्रिअलोटमेन्ट भोलि, बाँडफाँड कहिले ?

सेयर किन्न सबैभन्दा सस्तोमा ऋण दिन्छ राष्ट्रिय वाणिज्य बैंकले, अरु बैंकको कति पर्छ व्याज ?

काठमाडौं । केही महिनायता नेपाली पुँजी बजारमा उत्सव मच्चिरहेको छ । खासगरी अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने पक्का भएसँगै रौनक छाउन थालेको पुँजी बजारमा सो हर्साेल्लास अझै कायमै छ । केही महिनायता दैनिक ७/८ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ भने परिसूचक पनि वृद्धिकै चरणमा छ । कुनै दिन बजारमा सामान्य करेक्सन देखिए पनि त्यसको भोलिपल्ट बजारले अर्काे नयाँ रेकर्ड राख्ने क्रम जारी छ । यसअघिको बुलमा १८८१ विन्दुमा पुगेको पुँजीबजार मापक नेप्से परिसुचकले अहिले सो विन्दुलाई निकै तल पारेर २४२० भन्दा माथि पुगिसकेको छ । सेयर बजारका लगानीकर्ता, कारोबारी, ब्रोकर, नियामक निकाय जस्ता सबै पक्ष अहिले खुसीयाली मनाइरहेका छन् । पुँजी बजारमा आवश्यक रकमको व्यवस्थापन बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेका छन् । बैंकिङ क्षेत्रमा जम्मा भएको निक्षेप रकम कर्जाको रुपमा जान नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेयर खरिद गर्नको लागि सहजै कर्जा प्रदान गरिरहेका छन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुनु र बजारमैत्री व्यक्तित्व बनाएका विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय संहाल्नु पनि सेयर बजारका लागि अर्काे खुसीयालीको कारण बनेको छ । यस्तै, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बजारका सरोकारवालासँग आवश्यक समन्वय र सल्लाह गरी निर्णय गर्दै सहजिकरण गरिदिएपछि बजारले अझ गति लिएको हो । अहिले बैंकहरुले सेयरधितोमा प्रदान गर्ने कर्जाको व्याजदर कति कायम गरेका छन् भन्ने अर्काे प्रमुख विषय बन्छ । किनभने व्याजदर कम भएको बेलामा सेयर बजार बढ्ने गरेको हुन्छ । अहिले घटेको व्याजदर अनुसार सबैभन्दा सस्तोमा व्याज भने सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले दिने गरेको छ । बैंकहरुले आफ्नो वेबसाइटमा उल्लेख गरेको व्याजदर अनुसार नै कुन बैंकले कति व्याजमा सेयरधितो कर्जा प्रदान गर्छन् भन्ने यकिन गरिएको हो । हुन त अधिकांश बैंकहरुले प्रकाशित गरेको व्याजदरमा न्यूनतम दरदेखि अधिकतम यति प्रतिशतसम्म प्रिमियम लिने भनेर उल्लेख गरेका छन् । हामीले यो समाचारमा बैंकहरुले लिने भनेको अधिकतम प्रिमियम जोडर व्याजदर कायम गरेका हौं । न्यूनतम प्रिमियम अनुसार सोभन्दा कम व्याज हुन आउँछ । बैंकहरुले प्रकाशित गरेको बेसरेट (आधार दर) मा प्रिमियम जोडर व्याज कायम गर्ने गर्छन् । सोअनुसार सेयरधितो कर्जामा राष्ट्रिय वाणिज्य बैंकले बढीमा ८.७४ प्रतिशत व्याजमा ऋण दिन्छ भने सबैभन्दा महंगो देखिएको कुमारी बैंकले अधिकतम १४.९२ प्रतिशत व्याज लिन्छ ।