अपि पावरको सेयर मूल्य समायोजन
काठमाडौं । अपि पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ थियो । समायोजन पश्चात संस्थाको पहिलो कारोबार भोलि अर्थात मंसिर ३ गतेदेखि प्रतिकित्ता २६३ रुपैयाँबाट शुरु हुने छ ।
कोरोना भ्याक्सिन बनेको खबरले भारतीय सेयर बजारमा उछाल, सेन्सेक्सले ४४ हजार पार गर्यो, नेपाली सेयर मार्केट के होला ?
काठमाडौं । आज भारतीय सेयर बजारमा निकै उछाल आएको छ । आज बजार खुला भएको केही समयमै बजार एकाएक वृद्धि भइहरेको छ । आज सेन्सेक्सले ४४ हजार पार गरेको छ । यस्तै, निफ्टीमा पनि ९० अंकको वृद्धि भएको छ अहिले यसले १२ हजार ८ सय ७० आसपासको कारोबार गरिरहेको छ । यो भारतीय सेयर बजारमा अहिले सम्मकै बढी वृद्धिदर हो । धेरैले यसलाई कोरोनाको भ्याक्सिनसँग जोडेका छन् भने कतिले अमेरिकी राष्ट्रपति जोन बाइडनको जितसँग जोडेका छन् । हिजो, अमेरिकी बजार पनि निकै उछाल आएको थियो । फार्मा कम्पनी मार्डाद्वारा कोरोना खोप उत्पादन गरेको घोषणापछि विश्वभरका सेयर मार्केटमा उछाल आइरहेको छ । विश्वका अधिकांश देशको सेयर बजारमा उछाल आइरहेको बेला अब नेपालको सेयर बजारले भने कुन रुप लिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ । दशैंपछि खुलेको नेपाली बजारमा निकै उत्साह देखिएको थियो । विगत लामो समयदेखि खस्केको सेयर बजारमा दशैंपछि भने निकै उछाल आएको थियो । मार्केट बढेर १७ सय १८ विन्दु पार गरेको थियो । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसुचक १८ सय ८१.४५ विन्दुमा पुगेको थियो । अझै पनि सेयर बजार बढ्ने अपेक्षा धेरैको छ ।
लाभांश पारित गर्न एनआईसी एशिया बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लाेज कहिले ?
काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसीर २१ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले प्रस्तावित २० प्रतिशत लाभांश पारित गर्दै । बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले साधारण सभामा जाने प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यस्तै, सभामा आ.व. २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ । साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा सेयरधनीलाई मिटिङ्ग आईडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको बैंकले जनाएकाे छ ।