१० मिनेटमै ३० अंकले बढ्यो नेप्से, परिसूचकले पार गर्यो १८०० अंक

काठमाडौं । आइतबार सेयर कारोबार खुलेको १० मिनेट निबत्दै ३१ अंकले नेप्से उकालो लागेको छ । सो दिन ११ बजेर १० मिनेट जाँदा परिसूचक ३१.१४ अंकले बढेर १८०९.२६ अंक माथि पुगेकाे छ । जुन पछिल्लाे दिनकाे तुलनामा १.७५ प्रतिशतले बढी हाे । याे अविधमा बजारमा कूल १३८ कम्पनीकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे कुल ६ लाख ६२ हजार १८६ कित्ता सेयर ३६ कराेड ६ लाख रूपैयाँमा किनबेच भएकाे छ । त्यस्तै, क वर्गकाे मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.११ अंकले उकालाे लागेर ३४८.१८ अंकमा पुगेकाे छ । लगानीकर्ता भन्छन्- सेयर बजारले थप नयाँ रेकर्ड राख्न सक्छ, नहौसिई लगानी गर्नुस्

हालसम्म साढे ३ लाख बढीले भरे युनाईटेड इदी-मर्दीकाे आईपीओ

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)मा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार गत बुधबार(मंसिर ३ गते)देखि आज शुक्रबार(मंसिर ५ गते) अपराह्न चार बजेसम्ममा मागभन्दा ७.५६ गुणा बढी आवेदन परेको हो । क्यापिटलका अनुसार सो अवधिसम्म ३ लाख ५४ हजार ५ सय ८१ जना आवेदकले ६६ लाख १२ हजार १ सय ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । कम्पनीले सेयर निष्काशन गरेको तेश्रो दिनसम्ममा कूल ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । कम्पनीले गत बुधबार मंसिर ३ गतेदेखि ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे थियाे । यससँगै सेयरधनीले साे दिनदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । क्यापिटलका अनुसार इच्छुकले आगामी आइतबार(मंसिर ७ गतेसम्म) न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेकाे हाे । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

चन्द्रगिरी हिल्सले आईपीओ जारी गर्न पायो बोर्डको अनुमति

काठमाडौं । चन्द्रगिरी हिल्सले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कार्तिक २८ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले स्थानिय र सर्वसाधारणलाई सो मात्रा अर्थात १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने छ । यससँगै संस्थाले केही दिनमै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत सो मात्राको आईपीओ स्थानिय रसर्वसाधारणमा बिक्री गर्ने छ ।