बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । आज(असोज ४ गते) सेयर बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ११ बजेर ९ मिनेट जाँदा बजारमा लिवर्टी ईनर्जी कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो । जसमध्ये लिवर्टी ईनर्जी कम्पनीकाे पहिलाे पटक दाेश्राे बजारमा सेयर काराेबार भएकाे हाे । हालै आईपीओ बाँडफाँड गरी गत शुक्रबार(असाेज २ गते) नेप्सेमा सूचीकृत भएकाे कम्पनीकाे सेयर आजबाट दाेश्राे बजारमा किनबेच भएकाे छ । जसकाे पहिलाे काराेबार प्रतिकित्ता ३०० रूपैयाँ भएकाे छ । आइतबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । त्यस्तै, सिभिल बैंक हिमालयन बैंकसँग मर्जरमा जाने हल्लाले सिभिल बैंककाे सेयर मूल्यमा सर्किट लागेकाे हाे । कम्पनीकाे सेयर मूल्य १५ रूपैयाँले बढेर प्रतिकित्ता १६५ रूपैयाँ पुगेकाे छ । याे अवधिमा नेप्से परिसूचक ३१.१४ अंकले बढेर १६०३ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६.०४ अंकले बढेर ३१८ अंकमा पुगेकाे छ । ११ बजेर ९ मिनेट जाँदासम्म १३० कम्पनीकाे १५ कराेड ५३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भइसकेकाे छ । ५ हजार एक सय ६७ पटक भएकाे काराेबारमा ५ लाख ४३ हजार एक सय ५५ कित्ता सेयर किनबेच भएकाे छ । याे पनि पढ्नुहाेस्ः लिवर्टी ईनर्जीको पहिलो कारोबार कतिमा भयो ?
लिवर्टी ईनर्जीको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । दाेश्राे बजारमा लिवर्टी ईनर्जी कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको छ । आइतबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको सेयर गत शुक्रबार(असोज २ गते) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको थियाे । दोश्रो बजारमा कारोबारको लागि कम्पनीको सिम्बोल एलईसी दिइएको छ । सम्बन्धित समाचारः लिवर्टी ईनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?
समीट लघुवित्तका सेयरधनीले लाभांश नपाउने
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका छन् । संस्थाले आज(असार २ गते) एक सूचना जारी गर्दै सेयरधनीले गत वर्षको लाभांश नपाउने जानकारी गराएको हो । उक्त निर्णय असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरणहरु नियमक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । तर, सेयरधनीका लागि बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव भने नगरिएको संस्थाले जानकारी गराएको छ । सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई समीट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने भएको छ । आगामी असोज ६ गतेदेखि दुबै संस्थाको एकीकृत कारोबार शुरु हुने भएको छ ।