नेप्सेमा ३० करोड ५३ लाख रुपैयाँको कारोबार, सबै सूचक राता

काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ७३ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३० करोड ५३ लाख १० हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ ।  बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखीएका छन् । बैक समूह १०.९६, होटल समूह ९.२२, विकास बैक समूह १५.८२, जलविद्युत समूह १२.९२, वित्तीय समूह ०.२९, निर्जीवन बीमा समूह १०२.२९, उत्पादन मूलक समूह १२.५९, अन्य समूह ७.१५, माइक्रो फाइनान्स ७.५, जीवन बीमा समूह ८५.४४ र म्युचुअल फण्ड ०.०४ अंकले घटेका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।  यस्तै, पाँचथर पावर कम्प्याण्ट लिमिटेडका लगानीकर्ताले ८.४९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

मुनाल सहकारीको एघारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । पोखराको नयाँबजारमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले गरेका हुन् । उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप एसएमएस बैकिङ सेवाको शुभारम्भ गरेको छ । शेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न मुनाल डिस्काउन्ट कार्डको समेत निशुल्क वितरण सुरु गरिएको छ । हाल यो डिस्काउन्ट कार्डबाट पोखराका विभिन्न हस्पिटलबाट औषधी, ल्याब तथा विशेषज्ञ सेवामा न्युनतम दश प्रतिशत देखि अधिकतम तिस प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताएका छन् । कार्यक्रममा अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, केन्द्रीय बचत तथा क्रण संघका सञ्चालक भिम गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ काफ्ले, एनआईसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, संस्थाका सल्लाहकार रामजीप्रसाद बाँस्तोला, जयन्द्र राजभण्डारीे, उपाध्यक्ष खेमनारायण खनाल, बयोवृद्ध सदस्य रग बहादुर गुरुङ लगायतको उपस्थित थियो । कार्यक्रममा कोषाध्यक्ष नारायणबहादुर थापाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, सचिव मगनलाल श्रेष्ठले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र लेखासमितिका डिलाराम लामिछानेले प्रस्तुत गरेको लेखासमितिको प्रतिवेदन उपर छलफल गरि सर्वसहमतिले पारित गरिएको मुनाल सहकारीका प्रबन्धक अम्बर बहादुर थापाले बताए । समारोहमा सहकारीका शेयर सदस्य रमेशराज पौडेल र गोदावरी गिरीलाई क्रमशः उत्कृष्ट निक्षेपकर्ता तथा उत्कृष्ट कर्जा उपयोगकर्ताबाट सम्मान गरिएको र वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी कृष्णकुमारी पौडेललाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष मेघनाथ काफ्लेले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य सुधा थापाले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मगनलाल श्रेष्ठले गरेका हुन् ।

बजारमा धितोपत्र बोर्डको विज्ञप्तीको प्रभाव देखिएन, ३.७० अंकको गिरावट

काठमाडौ । मार्जिन कारोबारको लागि नियमावली स्वीकृत गरेको धितोपत्र बोर्डको विज्ञप्तीलाई शेयर बजारले बेवास्ता गरेको छ । साताको अन्तिम दिन बिहीबारको बजारमा सबैजसो सूचकहरु नकारात्मक देखिँदा समग्र बजार ३.७० अंकले घट्न पुगेको हो । नेप्से परिसूचक ०.३१ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९१.०७ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । ९ लाख ५७ हजार ८ सय ८१ कित्ता सेयर किनबेच हुँदा २९ करोड १ लाख ७७ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको छ । निर्जीवन बीमा समूह ०.१३ अंकले बढेको छ । बैक समूह ०.०३, होटल समूह ३६.११, विकास बैक समूह ३.३५, जलविद्युत समूह ९.४६, वित्तीय समूह १.९२, उत्पादन मूलक समूह ७.३६, अन्य समूह ०.३५, माइक्रो फाइनान्स ३.३७, जीवन बीमा समूह १८.०७, अंकले घटेका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.७८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले ६.९१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।