४.२० अंकले घट्यो नेप्से, वित्त र लघुवित्त बाहेक सबै समूह राताम्मे

काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक ४.२० अंकले घटेको छ । ०.३३ प्रतिशतले परिसूचक घट्दा १२५९.६४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आइतबार १६९ कम्पनीका १४ लाख ६७ हजार ४ सय ६७ कित्ता सेयर किनबेच हुँदा ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त र लघुवित्त समूह बाहेकका सबै समूह राताम्मे भए । बैंकिङ समूह ३.४९, होटल समूह ४.७१, विकास बैंक समूह ३.७, जलविद्युत समूह १०.२८, निर्जीवन बीमा समूह २४.५६, उत्पादनमूलक समूह १९.६१, अन्य समूह १.५१, जीनव बीमा समूह २३.०७ र म्युचुअल फण्ड ०.०९ अंकले घटेका छन् । त्यसैगरी वित्त समूह १.०३ र लघुवित्त समूह ०.२३ अंकले बढेका छन् । बजार घटेको दिन स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने हिमाल पावर पार्टनर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, गरिमा विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको नेप्सेले जनाएको छ ।

बाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्न पाउने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी कार्यबिधि लागु गरेको छ । नेप्सेले साउन १६ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल ब्यवसायी अनुमति पत्रका लागि शिफारिस कार्यविधि २०७६ बनाई लागु भएको जनाएको छ ।

नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । निर्जीवन बीमा ३.५५, लघुवित्त १५.६३ र जीवन बीमा २०.८७ बिन्दुले उकालो लाग्दा वित्त क्षेत्रको कारोबार भने वृद्धि भएको देखिए पनि विवरण सार्वजनिक गरिएको छैन । यस्तै बैंकिङ ३.६८, होटल १२.३९, विकास बैंक १.०७, जलविद्युत् ०.८३, उत्पादन २.४७, अन्य २.९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । व्यापार उपसमूहको शेयर कारोवार वृद्धि भए भए पनि विवरण उल्लेख छैन । कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ४५ लाख ५७ हजार १४ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ५२ लाख २८ हजार ६६७, मुक्तिनाथ विकास बैंकको रु एक करोड ७९ लाख ६६ हजार ३५६, नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ७२ लाख २५ हजार, नेपाल बैंक लिमिटेडको रु एक करोड ७० लाख ८२ हजार २५५, र प्रभु बैंकको रु एक करोड ६८ लाख दुई हजार ५४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन् । स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था ९।९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९.८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी ४.४४, पोखरा फाइनान्स ३.५२, आइएमई जनरल इन्स्योरेन्स ३.५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३.१० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २.८० प्रतिशतले गुमाए ।