तिनाउ विकास बैंकको बोनस सेयर सूचिकृत
काठमाडौं । सोमबार तिनाउ विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । विकास बैंकको सो दिन कूल ६ लाख ८ हजार ३२१ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।
सोमबारको बजारमा तीव्र उतारचढाव, निर्जीवन बीमा समूह १०२ अंकले ओरालो
काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरु भएको केहिबेरमै घटेर १२९९.११ अंकमा झरेको बजार १२ बजे उकालो लागेर १३१८ अंकमा पुगेको थियो । त्यसपछि पुन सामान्य अंकले घटेको बजार करिब सवा दुई बजेपछि सामान्य अंकले उकालो लागेर १३१४ अंकमा पुगेको थियो । अन्ततः सोमबारको बजार ४.२१ अंकले घटेर १३१० अंकमा अडेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले घटी हो । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट देखिएको छ । आइतबार एक अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ करोड रुपैयाँ घटी हो । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार त्रिपल डिजिटले उकालो लागेको निर्जीवन बीमा समूह सोमबार त्रिपल डिजिटले नै ओरालो लागेको छ । सोमबारको उक्त समूहको सूचक १०२ अंकले घटेको छ । तर बीमा समूहको सूचक भने १३० अंकले उकालो लागेको छ ।
स्वावलम्बन लघुवित्तको १२ लाख ५७ हजार कित्ता बोनस सेयर सूचिकृत
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कूल १२ लाख ५७ हजार ७७७ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।