१६ अंकले घट्यो नेप्से, दुई समूह बाहेक सबै राताम्मे
काठमाडौं । आइतबारको नेप्से परिसूचक १६.७१ अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको सो दिनको नेप्से बजार बन्द हुँदा १२७७.६८ अंकमा अडिएको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२९ प्रतिशतको गिरावट हो । गत बिहीबारको तुलनामा आइतबारको कारोबार रकममा भने केही सुधार देखिएको छ । आइतबार कूल १७५ कम्पनीको ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा ६ करोड २५ लाख रुपैयाँ बढी हो । सो दिन कूल ५८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको थियो । त्यस्तै, कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १२७.०२ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह २.४ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । उत्पादनमूलक र अन्य समूहको सूचक भने क्रमशः २०.८ र १.१२ अंकले उकालो लागेको छन् । सो दिन नेपाल बैंककोे सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको ६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् । त्यस्तै, कमाउने मध्ये बाँकी कम्पनीका लगानीकर्ताले सामान्य ५ प्रतिशत भन्दा कम कमाएका छन् । सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनी, एनआईबीएल समृद्धि फण्ड १ र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ७ प्रतिशत बढी गुमाएका छन् ।
स्पर्श लघुवित्तको आईपीओ सूचिकृत
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको आइतबार साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । संस्थाको कूल ८ लाख २९ हजार ६३० कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
पाँचथर पावरको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको आज(आईतबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८६.६२ देखि २५९.८६ रुपैयाँसम्म मूल्य तोकेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । लगानी फिर्ता ८.९ वर्ष रहेको छ ।