९.५ प्रतिशत लाभांश वितरण गर्ने कामना सेवा विकास बैंकको घोषणा

काठमाडौँ । कामना सेवा विकास बैंकले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । बैंकले चुक्तापूँजीको ८ प्रतिशत अर्थात २० करोड २ लाख नगद लाभांश र १.५० प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो । सञ्चालक समितिको बैंठकबाट पारित भएको लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने र स्वीकृति पछि साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाइएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्ब ५० करोड रहेको छ भने बोनस शेयर पछि चुक्तापूँजी २ अर्ब ५४ करोड पुग्ने कम्पनी सचिव हरिप्रसाद लम्सालले जनाएका छन् ।

हिमालय उर्जाको सेयरमा करिब ४ गुणा बढी आवेदन

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले सर्वधारणका लागि जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयरका लागि ४ गुणा बढी आवेदन परेको छ । कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सोमबार अन्तिम दिन सम्म साँझ ५ बजे सम्ममा करिब ७२ हजार जना आवेदकहरुले ५१ लाख ३७ हजार ५५० कित्ता सेयरको लागि रु. ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन गरेका छन् । लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले सेयर निष्काशन भएर माग भए भन्दा४ गुणा बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमाभएर बहने खिम्तिखोलामाकम्पनीले १२ मेवाको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाखमात्र रहेको छ भने दुवै आयोजना २०७६ आसार मसान्तमा सम्पन्न हुने जनाइएको छ ।

नेप्से परिसूचक झण्डै दोहोरो अंकले बृद्धि, कारोबार रकमपनि बढ्यो

काठमाडौ । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको हो । ०.७९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९१.६८ बिन्दुमा पुगेको छ । सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ६९ लाख ३६ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ८ समूह हरिया देखिए भने २ समूह राताम्मे भए । बैंक समूह ४.९८, विकास बैंक समूह १.८३, जलविद्युत समूह ०.६९, वित्त समूह १.२७, निर्जीवन बीमा समूह १५३.७, उत्पादनमूलक समूह ०.३१, लघुवित्त समूह ३६.५१ र जीवन बीमा समूह १६७.५ अंकले बढेका छन् । होटल समूह ५.५ र अन्य समूह २.५६ अंकले घटेका छन् । सम्मीट माइक्रो फाइनान्स डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरे भने राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.५७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।