हिमालय उर्जाको आइपीओ खुल्यो, अधिकतम ६ हजार ५ सय कित्तासम्म भर्ना पाइने

काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले चैत्र २० गते सर्वसाधारणतर्फ १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको सेयर आईपिओ बिक्री गर्न लागिएको हो । सामूहिक लगानी कोषलाई निष्काशित कित्ता मध्येको ५ प्रतिशत बराबर ७४ हजार २ सय ५० कित्ता र कर्मचारीहरुलाई २ प्रतिशत बराबरको ४४ हजार ५ सय ५० कित्ता छुट्याएर बाँकी १३ लाख ६६ हजार २ सय कित्ता सेयर बिक्री गर्न लागेको हो । सर्वसाधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ् लिमिटेड रहेको छ । साधारण सेयर छिटोमा चैत्र २५ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा बैशाख १९ गतेसम्म खुल्ला हुनेछ । आईपिओमा न्यूनतम ५० कित्ताका लागि ५ हजार रुपैयाँ देखि अधिकतम ६ हजार ५ सय कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाईने व्यवस्था छ । संस्थापक सञ्चालक र आयोजना प्रभावितका लागि सेयर खरिद गरिसकेका व्यक्तीले उक्त आईपिओमा आवेदन गर्न पाउँदैैनन् ।

१३.७२ अंकले बढ्यो नेप्से, आधा अर्बको कारोबार

काठमाडौ । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक १३.७२ अंकले बढेको हो । १.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६३.४७ बिन्दुमा पुगेको हो । मंगलबार सेयर बजारमा १६९ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ९३ हजार १ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ५० करोड ८ लाख ८१ हजार ७ सय ३८ रुपैयाँको कारोबार भएको छ । बैंक समूह १९.६७, होटल समूह २०.०१, विकास बैंक समूह ३.६१, वित्त समूह १.६८, उत्पादन मूलक समूह ८.७३, अन्य ५.६१, माईक्रोफाईनान्स २.२१ र जीवन बीमा समूह ३८.८६ अंकले बढेका छन् । बजार बढेको दिन जलविद्युत समूह ३.४८ र निर्जीवन बीमा समूह ६.७६ अंकले घटेका छन् । साताको तेश्रो दिन आज भार्गव विकास बैंकका लगानीकर्ताले ९.४० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

नबिल बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै, व्यवस्थापन गर्न लक्ष्मी क्यापिटलसँग संझौता

काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ । उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।