शेयर बिक्रीमा अग्रिम रकम नलिनूः स्टक
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दा समेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो । धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ, तर सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ । स्टकले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । शेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ । रासस
पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत
काठमाडौं । पोखरा फाइनान्सको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । फाइनान्सको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय पोखरामा रहेको यस फाइनान्सको हाल ८५ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १३३ रुपैयाँ रहेको छ । हालसम्म संस्थाको ८५ लाख ७२ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भइसकेको छ ।
४०% बोनस र २०% हकप्रद पछि उन्नति माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४०.५० प्रतिशत बोनस र २० प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०८.७२ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ६५४.३६ रुपैयाँ रहेको थियो ।