७ अंकले घट्यो नेप्से, २३ करोडको कारोबार हुँदा अपर तामाकोशीको सबैभन्दा बढी

काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ७.३८ अंकले घटेको छ । आज ०.६४ प्रतिशतले परिसूचक घट्दा ११३९.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६७ कम्पनीका ७ लाख ४६ हजार ९ सय ४६ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज २३ करोड ५६ लाख ३६ हजार ८ सय ५९ रुपैयाँको कारोबार छ । नेप्से परिसूचक दिन आज सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह ५.८४, ट्रेडिङ समूह ०.१७, होटल होटल समूह १३.९, विकास बैंक समूह २.३८, जलश्रोत समूह १५.५, वित्त समूह ४.१९, निर्जीवन बीमा समूह २७.५४, उत्पादनमूलक समूह २५.४८, अन्य समूह ३.४८, लघुवित्त समूह १०.८३ र जीवन बीमा समूह ४६.९५ अंकले घटेको छ । बजार घटेको दिन आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी ग्लोबल आइएमई सम्मुन्नत स्कीमका लगानीकर्ताले सबैभन्दा बढी ४.८१ प्रतिशतले गुमाएका छन् । आज अपर तामाकोशी हाइड्रो पावरको सबैभन्दा बढी १ करोड ६२ लाख ४० हजार २ सय ८६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दोश्रोमा नेपाल बैंक लिमिटेडको १ करोड ४५ लाख ८८ हजार ७६ रुपैयाँ र तेश्रोमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड १५ लाख १६ हजार २ सय ७७ रुपैयाँको शेयर कारोबार भएको छ ।

युनाइटेडले २४० % हकप्रद जारी गर्ने, चुक्ता पूँजी १ अर्ब २ करोड पुग्ने

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले बीमा समितिले तोकेको पूँजी कायम गर्न हकप्रद जारी गर्ने भएको छ। माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ता (२४०प्रतिशत) हकप्रद जारी गर्ने निर्णय गरेको कम्पनी सचिव बिदुरप्रसाद भुजेलले जनाएका छन् । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद जारी गर्नु परेको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ । कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । प्रस्तावित २४० प्रतिशत हकप्रद (७२ करोड ५७ लाख ६० हजार रुपैयाँ) पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद जारी गरि पूँजीवृद्धि योजना बीमा समितिबाट स्वीकृत भई इन्स्योरेन्सको विशेष साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।

नेप्से सामान्य अंकले बढ्दा सामुदायिकका लगानीकर्ताकले कमाए ९ प्रतिशत बढी, अपरको सबैभन्दा बढी कारोबार

काठमाडौं । यस साताको शुरुदेखि निरन्तर घटेको बजार आज तेश्रो दिन भने सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक २.८३ अंकले बढेर ११४७.१० अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले सोमबारको तुलनामा मंगलबार ९.८८ प्रतिशत कमाएका छन् । बजारमा कुल १६३ कम्पनीको २३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोको २ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले घटेको हो । सोमबार अपरको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको थियो ।