दुई कम्पनीको ४७ लाख कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी बोनस सेयर

काठमाडौं । शुक्रबार विभिन्न दुई कम्पनीको कुल ४७ हजार ९ हजार ३२६ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका छन् । एकैदिन सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । दुई कम्पनीको गरी ४७ लाख ९२२ कित्ता बोनस र ८ हजार ४४० कित्ता हकप्रद सेयर सूचिकृत भएका हुन् । सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको २ लाख ५० हजार कित्ता बोनस र ८ हजार ४४० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएका छन् । त्यस्तै, गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९२२ कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच

काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । कारोबार शुरु हुँदा ओरालो लागेको नेप्से अन्तत बजार बन्द हुँदा ७.४५ अंकले बढेर १२४९ अंकमा पुगेको छ । सामान्य सुधार आएको बजारमा कुल १५२ कम्पनीको २३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । बुधबार सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशिया, कुमारी र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबैसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ७० अंकले उकालो लागेको छ । निर्जीवन बीमा ६१, जीवन बीमा ४० र उत्पादनमूलक समूह २० अंकले बढेका छन् । त्यस्तै, अन्य बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् । बुधबार पञ्चकन्या माई हाइड्रोपावर, ओरियन्टल होटल, यूनाईटेड मोदी हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र समता माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेको छ ।

बुधबार विभिन्न तीन कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सुचिकृत भएको छ । सो दिन दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी कुल ५० लाख २ हजार ३६० कित्ता सेयर नेप्सेमा थपिएको हो । सो मध्ये सूर्या लाईफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएका छन् भने प्रभु इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । सूर्या लाईफ इन्स्योरेन्सको १२ लाख १२ हजार ७५० कित्ता र पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३ कित्ता बोनस सेयर थपिएका छन् । त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।