विभिन्न ३ कम्पनीको एक करोड २० लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको एक करोड २० लाख ५० हजार ८५४ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार एकैदिन दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । सो दिन मेघा बैंक नेपाल र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर थपिएको छ । मेघा बैंकको ९९ लाख ८६ हजार ९५१ कित्ता र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४६१ कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् । त्यसैगरी, लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता हकप्रद सेयर स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।
नाडेप लघुवित्तको १६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले बिहीबार मात्रै संस्थाको सो मात्राको सेयर सूचिकृत गरेको हो । धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । संस्थाको पुँजी वृद्धि गर्न १०० प्रतिशत हकप्रद जारी गर्दै छ । सो मात्राको हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।
नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, चुक्ता पुँजी ३२ करोड पुग्ने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत(१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद जारी पश्चात लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।