नेप्से दोहोरो अंकले उकालो लाग्दा बीमा समूह १०७ अंक माथि, कसले कमायो बढी ?

काठमाडौं । लगातार दुई दिन बन्द भएर खुलेको बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक ११.३७ अंकले उकालो लागेर १३६०.३८ अंकमा पुगेको छ । सोही दिन कूल १५८ कम्पनीको ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा जम्मा ७ लाख ८५ हजार ५४४ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा स्वदेशी लघुवित्त वित्तीय संस्थाको २ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७७६ रुपैयाँ रहेको छ । बुधबार कारोबारमा आएका मध्ये बीमा समूहको सूचक सबैभन्दा बढी अंकले उकालो लागेको छ । सो दिन बीमा १०७, माइक्रोफाइनान्स ४६, हाइड्रोपावर २६, होटल २३, अन्य १६ र बैंकिङ समूह २.७१ अंकले बढेका छन् । त्यस्तै, बाँकी समूहको सूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ रहेको छ । त्यसैगरी, अघिल्लो दिनको तुलनामा स्वदेशी लघुवित्तको ९.९७ र स्वरोजगार लघुवित्तको ६.२५ प्रतिशतले सेयर मूल्यम वृद्धि भएको छ ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, ४० करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबारको सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा ६ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर, नेपाल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीकाे साे मात्राकाे काराेबार भएकाे हाे । सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.७७ प्रतिशत गुमाएका छन् । त्यस्तै, जानकी फाइनान्स र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ६.५ र ६.१९ प्रतिशत घटेको छ । उता स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकताकर्ताले भने ९.९४ प्रतिशत कमाएका छन् । बजारमा होटल, उत्पादनमूलक, विकास बैंक, बीमा र ट्रेडिङ समूहको सूचक हरिया छन् भने बाँकी समूहको सूचक राताम्मे छन् । होटल समूह ३५ अंकले उकालो लागेको छ भने बैंकिङ् समूह ११ अंकले ओरालो लागेको छ ।

६ कम्पनीको एक करोड ७८ लाख कित्ता बोनस सूचिकृत, ४० लाख कित्ता एफपीओ पनि

काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ७८ लाख ६६ हजार ७११ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर थपिएको हो । साथै, बिहीबार मात्रै बुटवल पावर कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपीओ सूचिकृत भएको छ । बोनस सेयर सूचिकृत गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, माहुली सामुदायिक लघुवित्त संस्था, साल्ट ट्रेडिङ करपोरेसन, गुडविल फाइनान्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । धितोपत्र सूचिकृत गर्ने ७ कम्पनी: