११ कम्पनीको ६ करोड ३६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी बोनस सेयर
काठमाडौं । बिहीबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न बैंक तथा वित्तीय संस्थाको कुल ६ करोड ३६ लाख ३ हजार १३१ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन ११ वटा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । उक्त दिन ८ कम्पनीको ४ करोड ६५ लाख ६३ हजार २८० कित्ता सेयर सूचिकृत भएका छन् । त्यस्तै, बाँकी ३ कम्पनीको एक करोड ७० लाख ३९ हजार ८५१ कित्ता हकप्रद सेयर थपिएका छन् । सबैभन्दा बढी एभरेष्ट बैंकको एक करोड ९९ लाख कित्ता थपिएको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको एक करोड ८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सेयर सूचिकृत गर्ने ११ कम्पनी:
गरिमा विकासको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय(बिहीबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँ रहेको छ ।
सेयर बजार उकालो लाग्ने क्रम जारी, परिसूचक २५ अंकले बढ्दा अबौँको कारोबार
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । साताको अन्तिम कारोबारमा पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर सामान्य उतारचढाव आएता पनि बिहीबारको परिसूचक २५ अंकले बढेर १३८८ अंकमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार भएको छ । पछिल्लो ३/४ दिन पछिको बजारमा अर्बौँ रुपैयाँ बराबरको सेयर किनबेच भइरहेको छ । त्यस्तै, बिहीबार पनि एक अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कमाउने १० कम्पनी: बजारमा १६८ कम्पनीको २६ लाख ६३ हजार कित्ता सेयर किनबेच भएका छन् । सोमध्ये सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सवा ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, सानिमा बैंक र कुमारी बैंकको ३ करोड माथिको सेयर किनबेच भएका छन् । बजारमा ट्रेडिङ समूह बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ५१अंकले उकालो लागेको छ । सो दिन प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशत कमाएका छन् भने सहयोगी विकास बैंकको सेयर मूल्य ७.२० प्रतिशतले घटेको छ ।